Responsive Ad Slot

latest

पाकबस दोहा कतारको भाग्यशाली चिठ्ठा कार्यक्रम भब्यताका साथ सम्पन्न I

Sunday, March 25

/ by Admin BHOLA THAPA
दोहा २५ मार्च ।
पाथेका कञ्चन वचत समुह दोहा कतारको भाग्यशाली चिठ्ठा कार्यक्रम दोहाको मुशाईरब टावर स्थित २३ मार्च २०१२ को दिन भब्यताका साथ सम्पन्न भएको छ । समुहका अध्यक्ष श्री मोहन राई को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अथिति खोटाङ्ग सेवा समाजका उपाध्यक्ष श्री मनहरि आचार्य रहनु भएको थियो भने विशेष अथितिमा नेपाल प्रवासि भुजेल सेवा समाजका निवर्तमान अध्यक्ष तथा समाजसेवी श्री टंक भुजेल रहनु भएको थियो ।

अन्य अथितिहरुमा खोटाङ्ग हलेसी वचत तथा ऋण सहकारी संस्थाका का.वा.सचिव श्री हरि थापा मगर , प्रवासि भुजेल सेवा समाजका महासचिव श्री डम्वर भुजेल, युवा समाजसेवीहरु श्री सोम पराजुली तथा मनकुमार राई लगायत विभिन्न शुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको थियो । समुहका कोषाध्यक्ष श्री केदार बानिया द्धारा सञ्चालित उक्त कार्यक्रममा समुहका सह–कोषाध्यक्ष श्री शुबास गिरी ले स्वागत मन्तब्य दिनु भएको थियो भने समुहका शेयर सदस्य श्री तीर्थ गिरी ले समुहको उद्देस्य, कृयाकलाप र कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।


उपस्थित सम्पुर्ण अथितिहरुले आ–आफ्नो मन्तब्य माफ्र्mत शुभकामना ब्यक्त गरेका थिए । प्रमुख अथिति मनहरि आचार्य ले समुहमा सहकार्य र समम्वय अपरिहार्य भएकोले आफ्mुले सञ्चालन गर्दै आएको सहकारी सस्था र पाथेका कञ्चन वचत समुह वीच सहकार्य गरि काम गर्ने मनशाय ब्यक्त गर्दै खोटाङ्ग सेवा समाज आवश्यक सहयोगको लागी सदैव तत्पर रहने प्रतिवद्धता ब्यक्त गर्नु भयो । विशेष अथिति टंक भुजेलले आफ्mु जहा जस्तो अवस्थामा रहेर पनि आफ्नै समुह सन्झी आवस्यक साथ सहयोगमा कुनै कसुर बाकि नरहने प्रतिवद्धता गर्नु भएको थियो ।

त्यस्तै अर्का अथिति हरि थापा मगर ले खोटाङ्ग हलेसि बचत तथा ऋण सहकारी र पाथेका कञ्चन को सम्त्रन्धलाई अझ सुदृढ पार्दै पारस्पारिक सहयोगका साथ बढ्नु पर्ने विचार ब्यक्त गर्नु भयो । नेपाल प्रवासि भुजेल समाजका महासचिव डम्वर भुजेल तथा युवा समाजसेवी सोम पराजुली र मनकुमार राई ले पनि समुह र कार्यक्रम प्रति सुझाव सल्लाहका साथ भारि भारि शुभकामना दिनुभएको थियो । 


अथितिहरुको उपस्थिति र सहयोगले कार्यक्रम सफ्mल भएकोमा खुशी प्रकट गर्दै पाथेका कञ्चन बचत समुहका अध्यक्ष तथा कार्यक्रमका सभापती श्री मोहन राई ले उपस्थितजन सबैमा धन्यवाद दिदै पाथेका कञ्चन बचत समुह कुनै पनि ब्यक्ति तथा सस्थाको निम्ती पर्खाल बनेर हैन सङलो, निश्चल नदि बनेर सबै संग हात मिलाई सहकार्य र समन्वयका साथ अघि बढ्न तयार रहेको प्रस्ट पार्नु भयो । भाग्यशालि चिठ्ठाका विजेताहरु प्रथम– चिठ्ठा नं ८०३, द्धितिय– चिठ्ठा नं. १२४२, तृतीय– चिठ्ठा नं. ४१६ र सान्त्वना– क्रमश चिठ्ठा नम्वरहरु ६४८, ११३३, ६९५ , ४१८ , ४०५ , १२७ लाई हार्दिक वधाई र नया बष २०६९ को अग्रिम शुभकामना दिदै कार्यक्रमको विसर्जन गर्नु भयो ।



Don't Miss
© all rights reserved
made with by netKUTI