पुर्णीमा गोले,
मकवानपुर, ४ चैत । हेटौडा मकवानपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भीमफेदी गाविस ८ चिसापानी गढीमा मोटरसाइकल दुर्घटना हुदा बारा फेटा गाविसका सोनाल कलवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान काठमाण्डौबाट हेटौडाका लागि छुटेको ना १८ प २४०५ नम्वरको मोटरसाइकल अनियन्त्रीत भइ दुर्घटना कलवारको मृत्यु भएको हो । दुर्घटनामा बाराकै जाकिर हुसेन गम्भिर घाइते हुनुभएको छ । घाइते हुसेनको थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।