नारायण सापकोटा,
चितबन, २४ फागुन ।अधिकार प्राप्ती र हिंसाको बिरुद्ध आवाज उठाउन सम्पुर्ण महिलाहरु एक जुटहुनु पर्र्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड बताएका छन् । अन्तराष्ट्रिय नारी दिबसको अबसरमा राधा कृष्ण टोल बिकास महिला समुह भःनःपाः१२ ले आयोजना गरेको कार्यक्रममा सहभागी महिलाहरुले यस्तो बताएका हुन ।भोली मनाईने १ सय २ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अहिले जिल्लामा महिला अधिकारकर्मी तथा संघ संस्थाहरुले कार्यक्रमको आयोजना गरिरहेका छन् ।
हरेक बर्ष ८ मार्च का दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । भोली नेपालमा पनि बिभिन्न्न कार्यक्रम गरी अन्तराष्ट्रिय नारी दिवस मनाईदैछ ।कार्यक्रमका बशिष्ट अतिथि बह्मकुमारी राजयोग उपसेबा केन्द भरतपुर संचालीका ब्रह्मकुमारी सिताले महिलामा हिंसाकै बारेमा जनचेतना नहुंदा हिंसामा पर्ने गरेको भन्दै जनचेतानमा जोड दिनुभयो ।
राज्यले अब बन्ने संबिधानमा महिलाहरुको लागी ब्यबहारीक छुटै कानुन बन्नु पर्नमा उहांले जोड दिनु भयो । परम्परागत सोचाइका कारण महिलाहरुको नेत्तृव बिकास हुन नसकेको उहाँको भनाई छ ।कार्यक्रमाम संस्थाका २ जना सल्लाकारहरुलाइ पनि सम्मान गरिएको छ ।
भरतपुर नगरपालिकाको नगर बिकाश बोर्डका अध्यक्ष सत्यनारायण रावत र सदस्य चेतन सेडाइलाई सम्मान गरिएको हो । कार्यक्रममा संस्थाकी द्धवरीका थापा,मिना रेग्मी,नब प्रभात टोल सुधार समिती भःनःपाः१२का अध्क्षय कमल भट्टराई,छिमेक बिकास बैक भरतपुरका गणेश भण्डारी लगायतले बोल्नु भएको थियो ।