काठमाडौँ, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको म्याद थप सम्बन्धमा सर्वोच्च अदालतको फैसलाउपरको पुनरवलोकन निवेदनमा भएको दरपीठलाई सर्वोच्च अदालतले बुधबार गरेको सदरको स्वागत गरेको छ ।
दरपीठ सदर गर्ने अदालतको निर्णयले संविधानसभाको पटक–पटक म्याद थप्ने एकाधिकारवादी सोचको अन्त्य भएको छ भन्दै पार्टीले सो निर्णयले जनताको सर्वोच्चता, प्रजातान्त्रिक मूल्यमान्यता र विधिको शासनको सम्मान भएको ठहर गरेको छ ।