Responsive Ad Slot

latest

यूएईमा प्रवासी थारु समाज गठन I

Saturday, March 10

/ by Admin BHOLA THAPA
अर्जुन दाहाल
१० मार्च, २०१२,दुबई । संयूक्त अरब ईमिरेट्समाकार्यरत नेपालका थारुवासीहरूलाई एउटा छाता मुनी समाबेस गर्न नेत्रनारायण थनेतको अध्यक्षतामा हिजो बरदुबईमा प्रवासी थारु समाज यूएईको तदर्थ समिति गठन भएको छ ।

थनेतको अध्यक्षतामा गठित १५ सदस्यीय समितिको उपाध्यक्षमा किसोर चौधरी -दांग), महासचिवमा धनश्याम चौधरी -सप्तरी), सचिवमा दिपेन्द्रराज थनेत -नवलपरासी), कोषाध्यक्षमा बासु चौधरी -रुपन्देही) रहेका छन् । सदस्यमा रामकृष्ण चौधरी -चितवन), जालिम महतो -नवलपरासी), खेम महतो -नवलपरासी), रामप्रसाद महतो -नवलपरासी), गुलाबसिंह चौधरी -बर्दिया), भोजराज चौधरी -दांग), जंजिर चौधरी -दांग), बिजय चौधरी -चितवन), अरुण चौधरी -चितवन) रहेका छन् ।

सल्लाहकारमा नवलपरासीका छविलाल महतो रहेका छन् । सल्लाहकार श्रीमहतो कुमारवर्ती गाविस, नवलपरासीका पूर्व अध्यक्ष हुन् ।

तीन महिना भित्र संस्थाको विधान बनाई नेपाल अधिराज्य भरिका २४ जिल्लाका यूएईमा कार्यरत थारुहरूको भेला बोलाएर पूर्ण कार्यसमिति बनाइने अध्यक्ष श्रीथनेतले जानकारी दिनु भयो । यस संस्थाले नेपालको थारु कल्याणकारी सभा र आदिवासी जनजाती महासंघ नेपाल र यूएईसंग समन्वय गरेर कार्यहरू गर्ने उद्देश्य रहेको बताउनु भएको छ ।

यूएईमा प्रवासी थारु समाज गठन भएको समाचार पाएर आदिवासी जनजाती महासंघ नेपालका अध्यक्ष राजकुमार लेखी र थारु कल्याणकारी सभाका महामन्त्री मझिलाल थारु थनेतले फोनमार्फत बधाई दिनुभएको जानकारी अध्यक्ष श्री नेत्रनाराण थनेतले दिनु भयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI