तनहुँ २५ फागुन। दोषि उपर कडा कारवाही तथा पिडतिलाई उचित क्षतीपुर्ती दिनुपर्ने माग राख्दै स्थानियवासीले विहिवार जिल्ला प्रहरी कार्यालय तनहुँमा गेराउ गरेका छन् । वुधवार राति तनहुँको काहुँशिवपुर १ स्थित घरेलु हतियारको प्रयोग गरी एक हतीयारधारी समुहले सोहि ठाउँ निवासी २४ वर्षिया विशाल पुनको हत्या गरेको भन्दे पिडीत पक्षले घेराउ गरेका हुन् ।
उचित क्षतिपुर्ती र पिडीतलाई कारवाहीको माग गर्दै करीव २ सय जना स्थानिय वासीले जिल्ला प्रहरी कार्यालयको घेराउ गरेका थिए ।समुहको आक्रमण वाट गम्भिर घाईते पुने को राति नै दमौली अस्पताल ल्याउने क्रममा वाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख गौतमराज कट्टेलले जानकारी दिनुभएको छ । सो समुहले मृतक पुनलाई खाली वीयरको वोत्तल, चक्कु, रड लागयतको हतियार प्रयोग गरी हत्या गरेको छिमेकीको भनाई छ ।
प्रहरीले राति नै घटनामा संलग्न ७० जना युवक लाई नियन्त्रणमा लिई अनुसनधान गरीरहेको वताईएको छ । होलीको अवसरमा काहुँशिवपुर मालिङ्गमा भलिवल खेल प्रतियोगतिामा सहभागि भएर आएको सो समुहले एक्कासी पुनमाथि आक्रमण गरेको मृतकका भाई प्रजव्वल पुनले वताएका छन् ।
पिडीत परिवारले सोहि घटनामा संलगन रहेको आरोपमा स्थानिय विर्ख वहादुर सारु, पोट वहादुर सारु,पविन्द्र आले, सविर सारु,अमर राना र गणेश आले विरुद्धमा किटानी जाहेरी दिएको वताईएको छ ।मृतक पुनको टाउको, घाटि लगायतको स्थानमा गम्भिर चोट लागेको वताईएको छ भने प्रहरीले मुचुलका तयार पारी शव दमौली अस्पतालको शव गृहमा राखिएको वताएको छ ।घटनाको विषयलाई लिएर जिल्ला प्रहर िकार्यलय दिनभर तनावग्रस्त वनेको थियो ।
यसैविच
व्यास ४ फराकचौरमा बुधबार राती नै एक समूहको आक्रमणवाट सोही ठाउँका रनसिँह नेपाली र पुर्णमाया सुनाम घाईते भएको नेकपा एमाले तनहुँका सचिवालय सदस्य श्रीराम कार्कीले जानकारी दिनुभएको छ ।
ब्यास ९ का शम्भु वि।क।, उत्तम अधिकारी, सरोज वि।क।,अनिश दरै, चित्र वि।क।सहितका १५÷१६ जनाको समूहले कुटपिट गरेको उँहाले जानकारी दिनुभएको छ । स्थानिय नारायण कार्कीको छोरा शिवलाई कुटपिट गर्न खोज्दै गाउँमा हिँडीरहेका ति युवालाई किन खोजेको भनी सोध्दा उनिहरुले एक्कासी नेपाली माथि कुटपिट र सुनार माथि लछार पछार गरेका उनिहरुको भनाई छ ।
ति युवालाई कारवाही हुनुपर्ने जनाउदै विहीबार पीडितले जिल्ला प्रहरी कार्यलय तनहुँमा किटानी जाहेरी र्दता गराएको कार्किले जानकारी दिनुभयो ।