एजेन्सी, २४ फागुन ।भारतमा उत्तर प्रदेशकी मुख्य मन्त्री मायावतिले विधानसभा चुनावको नतीजा प्रप्त भएपछि आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनको पार्टि बहुजनले निर्वाचनमा सुखद परीणाम प्राप्त नगरेपछि उनले राजीनामा दिएकी हुन् ।सन् २००७ मा विधानसभाको चुनावमा बहुजन समाज पार्टीले २ सय ६ सिट सहित उत्तर प्रदेशमा बहुमतको सरकार गठन गरेको थियो । यस पटक भनेसमाजवादि पार्टिले विजय प्राप्त गरेको छ ।