Responsive Ad Slot

latest

फरार भारतीय अपराधीकी श्रीमतीलाई जेल पठाइयो I

Thursday, March 1

/ by Samsung

काठमाडौँ, फागुन १९- विशेष अदालतले भारतमा आतङ्कवादी गतिविधिका फरार अभियुक्त निरञ्जन होजाईकी श्रीमती सरिता गिरीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा संलग्न रहेको ठहर गरेको छ।उक्त अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले गिरीलाई दोषी ठहर गर्दै रु ४ करोड ५१ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको हो। दोषी गिरीले तोकिएको धरौटी रकम बुझाउन नसकेपछि थुनामा पठाइएको छ।उक्त अदालतका रजिष्ट्रार धीरबहादुर चन्दका अनुसार श्रीमती गिरीका साथ मतियारहरू रामचन्द्र गिरी, सेती गिरी, राजु गिरी र सीता गिरीलाई तारेखमा राखेर कारबाही गर्ने निर्णय भएका छ।मुद्दामा सरकारका तर्फबाट सम्पत्ति शुद्धीकरण विभागका उपन्यायाधिवक्ता सूर्यराज दाहाल र महान्यायाधिवक्ताको कार्यालयका यदुनाथ शर्मा तथा प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव तथा अधिवक्ताहरू कमलमणि श्रेष्ठ र शैलेन्द्रकुमार दाहालसमेतले बहस गरेका थिए।गिरीविरुद्ध गत सोमबार उक्त अदालतमा मुद्दा दायर भएको थियो।

Don't Miss
© all rights reserved
made with by netKUTI