उर्मिला कोइराला,
धादिङ ८ चैत । ४६ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा धादिङ जिल्लामा अन्तरजातीय विवाह गर्ने तीन जोडिहरु सम्मानित भएका छन् । सम्मानीत हुने जोडिहरुमा डिलबहादुर मगराती र रीता श्रेष्ठ, सानुवाबु मिजार र अम्बिका सिंखडा, चेतबहादुर विश्वकर्मा र कल्पना थपलिया छन् । उनीहरुलाई एक कार्यक्रमबिच दोसल्ला ओढाई सम्मान गरिएको हो ।
त्यसैगरी जिल्लामा जातिय विभेद उन्मुलनमा सहयोग पु¥याउदै आएका ४ जना अग्रजहरु र दिवसकै अवसरमा जिल्लाका विभिन्न स्थानमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।