नेपाली सिनेरजतपटकका अहिलेका बहुर्चचित जल्दा बल्दा लुट चलचित्रका युवा निर्देशक निश्चल बस्नेत सँग हाम्रा तनहूँ खबरका सहयोगी चर्चित ढुङ्गेलले ग्रन्ड कतार प्यालेस होटलमा गरिएको अतरंग कुराकानी । बस्नेत दोहामा आफ्नो लुट फिल्म प्रमोशनका लागि आएका हुन । बस्नेत एक साता लामो कतार भ्रमण सकेर आज स्वदेश फर्केका छन ।
तनहूँ खबर डटकम : नमस्कार हजुरलाई स्वागत छ ,तनहूँ खबर डटकममा
निश्चल बस्नेत : नमस्कार ।
तनहूँ खबर डटकम :आजकल धेरै चर्चा हुनुहुन्छ, नेपाली सिनेमालाई अलग धारमा प्रस्तुत गर्ने सफल निर्देशक पनि भन्छन्,कस्तो लाग्छ तपाईलाई ?
निश्चल बस्नेत ः धन्यबाद ! हलिउड, बलिउडको माहोललाई छोडेर वास्तवमा यो नयाँ धारमै बनेको सिनेमा हो । नेपाली चलचित्रको इतिहासमा, हुनत खासै नयाँ पन छैन यसमा उहि सामान्य जनजीबनकै घटनाहरु ह्ुन् , आमबोलीचालीको प्रयोग तर प्रस्तुत गर्ने शैली अलि फरक हो । हो यो बनाउन ज्यादै कठिन थियो स्क्रिप्टहरु लेखियो तर यसलाई कसरी प्रस्तुत गर्ने भन्ने सवाल थियो । धेरै फिल्महरु बनेका छन् यस्ता कहानिमा र अलि प्रस्तुत गर्ने तरिका नमिलेको अवस्थामा यो रिमिक जस्तो हुन सक्थ्यो कुनै हलिउड वा बलिउडको फिल्म जस्तो तर त्यसो भएन र बजारमा आए पछि सबै दर्शकले मनपराई दिनु भयो र सफल पनि ।
तनहूँ खबर डटकम : लुटको कन्सेप्ट चाहि कसरी आयो ?
निश्चल बस्नेत : सधै लुटपाटका घटनाहरु जहा पनि टि भी पत्र पत्रिकामा अन्य सिनेमामा त्यस्तै काहानि , हातहतियार आम मानिसको साथ र खरिदबिक्र समेत भैरहेको अबस्था थियो ,जहाँ पनि सन्त्रास थियो डर थियो । त्यो डर जसले मान्छेलाई जे गर्न पनि मजबुर गराई दिन्छ, मैले पहिले डकुमेन्ट्रि पनि बनाएको थिए र त्सतै बिभिन्न सम्बन्धित ब्यक्तिहरु संग पनि अन्तरवार्ता पनि गरेको थिए र उनिहरुको जबाफ अनि हाम्रो सुरक्षाको फितलो निती त्यस्तै सबभन्दा बडि अत्याधुनिक प्रबिधिहरुको कमि थियो हाम्रो सुरक्षा क्षेत्रमा त्यसैले यसैलाई बिषयबस्तु बनाएर सिनेमा हामी पनि किन सिनेमा नबनाऊ भन्ने सोचले बनाएको थिए । यो मेरो दिमागमा सधै खड्कने प्रश्न थियो किन नेपाली सिनेमाहरुले अलगधार लिएन सधै १९७० –१९८० हिन्दी फिल्मका नक्कल जस्तै बन्छन् ? फिल्म अनि जमानाले टेक्नोलोजीको कति बिकास भैसक्यो तर हामी सधै उहिका उहि छौ ।
तनहूँ खबर डटकम : तपाईलाई आरोपनि लागेको छ नि ! यसले लुट्न छाडा शब्दहरु प्रयोग गर्न सिकायौ भन्ने ?
निश्चल बस्नेत : हो अवस्य हो यो कुराहरु जाहेज छ ,त्यसैले मैले यो फिल्म सेन्सरमै नजादादेखि साना बच्चा बच्चीहरुले हेर्ने फिल्म हैन भनेको थिए किन कि उनिहरुमा राम्रो नराम्रो छुट्टयाउन सक्ने चेतना हुदैन । हुन त यसमा कुनै आपत्तिजनक संवादहरु छैन सबै हामीले समाजमा सुन्दै गरेका हुन् । मैले ठेट संवाद राखेको छु , नाम भेषभूषा सबै पनि मेरै साथी भाईकै राखेको छु । जसले सहजता ल्याएको छ । यो लेखेर बोलिने हैन बोली चालीको कुरा जस्ताको तस्तै उतारिएकोले तेस्तो हुन सक्छ । मैले मेरै अभिभावकलाई पनि बच्चाका साथ नहेर्नु भन्दा उहाले हेर्नु भयो र प्रतिक्रियमा ठिकै छ त्यतिको कुराहरु हामी आमसुन्छौ र पचाइसकेका छौ भन्नु भयो । यसलाई कसरी लिने ?
तनहूँ खबर डटकम ः विश्वभरि रहेका नेपाली सामु आफ्नो चलचित्र प्रस्तुत गर्ने र नेपाली चलचित्रलाई पनि विश्वबजारमा चिनाउने प्रयास गर्नुभएको छ , थुप्रै देशहरुमा लुट प्रदशन भएका छन,कस्तो लाग्यो भन्छन् फिल्म ?
निश्चल बस्नेत : यो पूर्ण कर्मसियल्ल हिसाबले बनेको मुभी हो र मान्छे मुभी हेर्न सायद यसैकालागि जान्छन् मनोरञ्जनलिन २–३ घण्टा यो कसैलाई शिक्षादिउला भनेर बनेको फिल्म पनि हैन म त्यहासम्म पुग्न सकेको छैन भर्खर सिक्दैछु तर अन्तिमा गलत गलतै हुन्छ । त्यसैले प्राय युवाजमातले मनपराइएको मुभीहो सायद जेनेरेसन ग्यापले हुनसक्छ अलि पाकाहरुको आरोप लागेको छ यसमा इभन मेरै आमाले भन्नुभएको छ फिल्म त बनाईस् तर अलि छाडा छ भनेर त्यसमा आमबोली चाली काठमाण्डौकै सेरो फेरो हो । सबै त्यहिकै जनजीबनको छायाँ हो तर देख्ने हेर्ने कुरा नजरमा फरक पर्छ कुन दृष्ट्रिले हरेको छ, फेसबुकमा महिला दर्शकले कमेन्टपनि यहाँ स्मरणगराउन चाहन्छु । वहाले यस्तो पनि गितहुन्छ छाडाभयो भन्नु भएको थियो तर त्यो माहोलमा बारहरुमा सायद त्यहि कुराहरु गर्न हेर्न मान्छे जान्छन् जस्तो लाग्छ र म पनि खोजकै सिलसिलामा गएको थिए र यस्तै परिबेश पाएको पनि थिए । पछि धेरै केटा केटीकै जमात मैले हलहरुमा पाएको छु ।
तनहूँ खबर डटकम : नेपाली चलचित्र पनि यो स्तरको बन्न सक्छ भन्ने सबै नयाँ पुराना निर्देशकहरुलाई पनि एउटा शिक्षा दिनुभयो,कस्तो लाग्छ तापाईलाई ?
निश्चल बस्नेत : हो , मान्छे हाम्रो प्रबिधि सबै समय साप्यक्ष हुनुपर्छ हामी पनि अपडेटहुनु पर्छ ती बस्तु स्थिती संग भन्ने मेरो मान्यता हो। म भन्दा कयौ ट्यालेन्टेड अग्रजहरु हुनुहुन्छ तर वहाँहरुले ति विषयबस्तु र धार ल्याउनु भएन ट्रयाक चेन्ज भएन , सधै उहि विषय भयो र नेपाली फिल्म हेर्ने जमातनै घटेको स्थिती थियो र यसलाई पनि बढाउनु पर्छ भन्ने सोच थियो मेरो र यसैको उपज पनि लुट हो जस्तो लाग्छ ।
तनहूँ खबर डटकम : नेपाली फिल्महरु अनुहारले चल्थे तर यो प्रवृति यो संस्कारर्लाई लुटले उल्टाइदियो नि रंगमञ्चका कलाकारहरुलाई अभिनय गराएर ?
निश्चल बस्नेत : हो मान्छेको जीवन्तअभिनय रंगमञ्चबाटनै हेर्न देख्न पाइन्छ र धेरै कहलिएका कलाकारहरु सबै त्यहि मञ्चबाटै आएका हुन् यो खारीने ठाउँ हो । नाटकमा बग्न सक्नुपर्छ विग्रियो भने ताली हैन गाली पाइन सक्छ तर रिलमा हामी घरी घरी पटक पटक दोह्याएर गर्न, टेक लिन सक्छौ तर पनि गाहे हुन्छ अस्जिलो हुन्छ । मैले अनुहारलाई ध्यानमा राखेर बनाईन यो फिल्म, क्यारेक्टरलाई उर्तानखोजे हदसम्म सफल पनि भए । त्यो बेला त्यति बजेट पनि थिएन । अब त्यो जमाना गएको छ नयाँ दिन सक्यो भने अबश्य नेपाली फिल्म पनि चल्छ ।
तनहूँ खबर डटकम : बजेटको कुरा आयो,लुट बनाउन कति लाग्यो ? कति यसले कति कमायो अहिले सम्म यसले ? दर्शक भगवान्हुन् नढाट्नु है ।
निश्चल बस्नेत :म झुठो बोल्दिन , ठ्याक्कै यति लाग्यो भन्न सक्दिन अनुमानमा फिल्म सिद्धयाउदा पैतिस लाख र पछि पब्लिसिटी पछि करिब पच्पन्न सम्म लाग्यो । कमाइको हिसाबले छैठौ हप्तासम्ममा नेपालमा दुई करोड पच्पन्न लाख उठाई सकेको थियो र विदेश तिर गर्दा करिब तिन करोड पाचलाख उठाइसकेको छ । आशा छ अझै राम्रो हुनेछ ।
तनहूँ खबर डटकम : नेपाली फिल्मको बजार छैन,दर्शक छैनन् भन्छन् हैन रैछ नि त ? भने जस्तो खोजेजस्तो फिल्म नै बनाउन नसकेको पो रैछ हैन ?
निश्चल बस्नेत : हामीले आफ्ना दर्शकलाई तान्न नसकेको हो नेपालीहरुले फिल्म नै नहेर्ने हैन तर उनिहरुलाई हलिउड र बलिउडको बानि परिसक्यो त्यो सगं प्रतिसप्रधा गर्ने हुनुप–यो दर्शको भावना बुझ्नु प¥यो नत्र ति फिल्महरुलाई रोकेर मात्र समस्याको समाधान हुदैन समयको मागअनुसार फिल्म पनि बदल्दै नयाँ नयाँ स्वादमा बनाउन सक्नु पर्छ फिल्म मजाले चल्छ । उनिहरुको स्ट्यान्डर जस्तै बनाउन सक्नु प¥यो ।
तनहूँ खबर डटकम ः कथाकार, निर्देशक,कलाकार, प्रविधि र राम्रो कन्सेप्ट पनि रैछ नि त ?
निश्चल बस्नेत : हो हामी संग छ तर प्रस्तुत गर्ने शैलि कसरि गर्ने भन्ने कन्सेप्ट थिएन लुट बनाए पछि जे होस् सबै नयाँ परिबेश बाट फिल्म बनाउने सोच गरेका छन् सबैमा साहस पनि आएको छ खुम्चिएर डराएर बसेका पनि उठेका छन् । अबको दिनमा अबस्य राम्रा फिल्म आउने आशा गर्न सकिन्छ । मैले दुई चार वटा स्क्रिप्ट पढिसकेको छ आशालाग्दा फिल्म आउने छन् ।
तनहूँ खबर डटकम : अब नेपाली चलचित्रको भविश्य राम्रो छ भन्न सकिन्छ ?
निश्चल बस्नेत ः सकिन्छ नयाँ विषयबस्तुमा बनाउन सक्नु पर्छ एउटाको मात्र सिको गरेर उसैलाई नपच्छ्याई बनाउनु पर्छ अबस्य राम्रो हुन्छ ।
तनहूँ खबर डटकम : कतिको जिम्मेबारी थपिएको महशुस गर्नु भएको छ ? के आशा गर्ने दर्शकले अब निश्चल बस्नेत संग ?
निश्चल बस्नेत ः ज्यादै जिम्मेवारी महशुस भएको छ, सोचेकै थिइन यति माथि सम्म जालाभनेर अब सबै दर्शकको इन्डस्ट्रिकै पनि जिम्मेवारी छ । अब निश्चलले धेरै सिक्नु छ,अध्ययन गर्नु छ । अबस्य निराश पार्ने छैन आगामी दिनहरुमा ।
तनहूँ खबर डटकम : कुनै नयाँ कन्सेप्ट आगामि फिल्मका लागि ?
निश्चल बस्नेत : मेरो दिमागमा छन् कन्सेपटहरु यो लुट भन्दा पनि अलि फरक फरक चलचित्र बनाउने र निश्चलको चलचित्र एउटैखालको हुन्छ है भन्ने लान्छाना बाट टाढा हुने कोसिस गर्ने छु र दर्शकहरुले बजारमा आए पछि अवश्य थाहा पाइहाल्नु हुनेछ ।
तनहूँ खबर डटकम : निश्चलको फिल्ममा कलाकारहरु दोहोरिने कत्तिको संभावना छ ?
निश्चल बस्नेत : दोहरिन्छनै यो भन्न सकिन्न । रोल अनुसार क्यारेक्टर अनुसार मागेको खण्डमा फेरि दोहरिन सक्छ ।
तनहूँ खबर डटकम : पार्ट टू बनाउने फेसन भएको छ अहिले हलिउड बलिउडमा पनि के अब नेपाली फिल्मको काल खण्डमा लुट टू बन्छ त?
निश्चल बस्नेत : अबश्य मेरो कन्सेप्टमा पनि नआएको होइन यो नबनाउदै तर अलि राम्रौ स्क्रिपट नबनि अलि परिपक्क नभई बनाउदिन , अनि दर्शकोले पनि सोचिसक्नु भएको छ र कल्पना पनि तर त्यो भन्दा भिन्न दिन सक्दा बनाउने र हेर्ने दुबै पक्षलाई आनान्द आउछ जस्तो लाग्छ ।
तनहूँ खबर डटकम : तपाईलाई धेरै धेरै धन्यबाद । अझै सफलता लुटले पाओस् र अझै नयाँ नयाँ स्वाद नेपाली दर्शकले चाख्न पाउन् । सगरमाथा चढेरमात्र हुदैन झर्नु पनि पर्छ फेदमा आएपछि मात्र नाम आउछ ख्याती पाइन्छ । मलाई लाग्छ तपाईको नाम सधै उच्च रहनेछ नेपाली सिनेरजतपटमा । कहिले पनि केहीमा पनि सम्झौता नगनु होला । राम्रो गर्नुहोस् शुभकामना तनहूँ खबर डटकम तथा सम्पूर्ण कतारवासी नेपालीहरुको तर्फ बाट ।
निश्चल बस्नेत : धन्यबाद ! यहाँलाई अनि तनहू खबर डटकमलाई मेरो कुरालाई राख्दिनु भो र मैले भ्याए सम्म सके सम्म जाने सम्म कोसिस गर्ने छु दर्शकहरुलाई अबश्य निराश हुन दिने छैन आगामि दिनमा अवस्य फेरि नयाँ स्वादका साथ आउनेछु । धन्यबाद !