Responsive Ad Slot

latest

काँग्रेस देशव्यापी अभियानमा सुरु I

Tuesday, March 6

/ by Admin BHOLA THAPA
काठमाण्डौ, २३ फागुन ।
लोकतान्त्रीक संविधान र दिगो शान्तिकालागि भन्दै नेपाली काँग्रेसले आज देखि देशव्यापी रुपमा प्रशिक्षण तथा जागरण अभियान सुरु गरेको छ ।
सुनसरीको इटहरीबाट सुरु भएको कार्यक्रम अन्य मुख्य सहरहरुमा पनि गर्ने योजना रहेको काँग्रेसको केन्द्रिय निति तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ । अभियानको उद्घाटन कार्यक्रममा संबोधन गदै कांग्रेस सभापति शुशिल कोईरालाले शान्ति र संबिधानका लागी कांग्रेस प्रतिबद्ध भएको बताउनुभयो । माओबादी शान्ति र संबिधान प्रति प्रतिबद्ध नभएकाले नै अहिलेको अबस्था भन्दै उहांले माओबादीले चाहेमा तोकीएको समयभन्दा अगाडि नै संबिधान जारी गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा संबोधन गर्दै संसदीय दलका नेता रामचन्द्र पौडेलले बाहिरी तत्बहरुले गर्दा नै पार्टी भित्रको बिबाद चर्कीएको भन्दै प्रचार गरीएजस्तो बिबाद पार्टी भित्र नरहेको बताउनु भयो ।

आफु अनुकुलको संबिधान निमार्णका लागी माओबादीले शान्ति प्रक्रिया भाड्न खोजेको नेता पौडेलले बताउनु भयो । माओबादीले जनसंबिधानका नाममा आफ्नो स्बार्थ पुरा गर्न लागी परेको भन्दै उहांले जनतालाई चित्त बुझाएर देखाउन माओबादीलाई चुनौति दिनुभयो ।

विकास क्षेत्र स्तरीय रुपमा हुने कार्यक्रममा निर्वाचन क्षेत्रस्तर देखि माथीका नेताहरु सहभागी भएका छन । कार्यक्रममा संविधानका विवादित विषय, राज्य पुर्नसंरचना, शान्ति प्रक्रियाका आधारभुत अडानहरु र पार्टीको साँगठनिक विषयमा सहभागीहरुबाट सुझाव संकलन गरिने प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।

स्थानियस्तरका नेताहरुको सुझावका आधारमा पार्टीको नयाँ अडान र अवधारणाहरु तय गरिने केन्द्रिय नेताहरुले बताएका छन । अभियान अन्तर्गतको पहिलो कार्यक्रममा सहभागी हुन पुर्वाञ्चलका १६ जिल्लाका सवै निर्वाचन क्षेत्रबाट दुई दुई जना महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सभापतिहरु, सभासदहरु् र केन्द्रिय सदस्यहरु इटहरीमा भेला भईसकेको प्रशिक्षण प्रतिष्ठानका सदस्य केदार सुवेदीले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टी सभापति शुशिल कोइराला बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति तथा प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले कार्यकर्ताहरुलाई पार्टीको निति तथा अवधारणहरुका बारेमा प्रष्ट पार्ने काँग्रेसले जनाएको छ । कार्यक्रमको नेपालवाणी नेटवर्कमा आवद्ध विभिन्न रेडियो स्टेशनहरुले प्रत्यक्ष प्रसारण गर्ने भएका छन । सिआईएन
Don't Miss
© all rights reserved
made with by netKUTI