Responsive Ad Slot

latest

मालिक र मजदुर सम्बन्धका लागि तालिम I

Friday, March 30

/ by Admin BHOLA THAPA


ललितपुर, १७ चैत । विभिन्न माग राखी कामकारबाही ठप्प पार्ने मजदुर र मजदुरका जायज माग सम्बोधन नगर्ने मालिकबीच कसरी समन्वय गर्ने र सम्बन्ध सुमधुर पार्ने भन्ने विषयमा बिहीबार यहाँ तालिम आयोजना गरियो ।

मालिक र मजदुरबीचको द्वन्द्व कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिँदै ललितपुर उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रूपमा सो तालिमको आयोजना गरेका हुन् । मालिक र मजदुरबीचको द्वन्द्वका कारण व्यापार, व्यवसाय तथा उद्योगमा पर्ने असरलाई कम गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको आयोजकले जनाए ।

तालिममा ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजरमान जोशीले यस्ता कार्यक्रमबाट मजदुर र मालिकबीचको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घका द्वितीय उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का संयोजक दिव्यगोविन्द जोशीले श्रमसम्बन्धी समस्या, भावी दिनमा आउन सक्ने चुनौती, उद्योगी र श्रमिकले पालना गर्नुपर्ने नियमबारे जानकारी दिनुभयो ।

तालिममा विभिन्न उद्योगका प्रमुख तथा व्यवस्थापक गरी २२ जनाको सहभागिता थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI