Responsive Ad Slot

latest

खैरेनीटार महत्सव-२०६४ को छैंठौ दिनसम्म १ करोड ५० लाख भन्दा बढीको कारोबार (फोटो फिचर सहित)I

Wednesday, March 28

/ by Admin BHOLA THAPA
करिम बख्श मियाँ
तनहुँ १५ चैत । चौंथो खैरेनीटार महत्सव-२०६४ को छैंठौ दिनसम्म १ करोड ५० लाख भन्दा बढीको कारोबार भएको भएको छ ।

मूल-आयोजक समितिले दिएको जानकारी अनुसार दैनिक सरदर २५ हजार दर्शकले अवलोकन तथा मनोरन्जन लिई रहेको उक्त महोत्सवको मुख्य आकर्षण भनेको कला-संस्कृति सम्वन्धी विविध प्रस्तूति रहेको जनाएको छ । “हामी अवलोकन कर्ताको मागलाई महोत्सव मार्फत सम्वोधन गर्दै मनोरन्जनका लागि राष्ट्रिय कलाकारहरुलाई पस्की रहेका छौं” सांस्कृतिक उपसमितिका संयोजक सुजन श्रेष्ठले हामीलाई बताए ।

बुधबारको प्रस्तुतिमा मुख्य आकर्षण मेरी-बास्सैका लोकप्रिय जोडी धुर्मुस र सुन्तलीको बिभन्न फरक फरक क्यारेक्टरको प्रस्तुती रहेको थियो । निकै हास्य-व्यंगात्मक स्वरुपमा प्रस्तूत भएका जोडीले अन्तत: देशलाई शान्ती र संविधान चाहिएको संदेश दिन खोजि रहेका थिए भने उनीहरुको कलात्मक प्रस्तुतिमा देशमा अहिले कोहि मावोवादी त कोहि काँग्रेस अनि कोहि एमाले र मधेसी भएको,जात जाति र लिंगीय रुप धारण गरी रहेका नेपाली विच एउटा सच्चा देशभक्त नेपालीको खोजी भई रहेको उनीहरुको प्रस्तुतिले दर्शकदिर्घा खुशी र भावुक दुवै भएका थिए।

खैरेनीटार आसपासका ग्रामिण भेगमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन महोत्सवको आयोजना गरिएको महोत्सवका प्रवक्ता समुन्द्रराम श्रेष्ठले बताए। महोत्सवको प्रमुख आकर्षणहरुमा पर्यटकीय दगाम-भुजिकोट पदयात्रा, सेतीनदी माथी जलबिहार, धार्मिक तथा प्राकृतिक गुफा अवलोकन, पश्चिमाञ्चल तारा गायन प्रतियोगिता लगायत राष्ट्रिय नृत्य प्रतियोगिता,भजन-कृतन,रहेका छन्।

आगामी चैत्र २० गतेसम्म चल्ने महोत्सवमा अनुमानित २ करोडको कारोबार लक्ष्य लिएको आयोजक समितिले आफ्नो लक्ष्य सजिलै प्राप्त हुने जानकारी दिंदै आयोजनामा धेरै कमीकमजोरी र गुनासाहरु आएका भएपनि समग्रमा अहिलेसम्म कै सफल महोत्सवका रुपमा यस वर्षको महोत्सव हुने निश्चित भएको उधोग वाणिज्य महासंघ,खैरेनीटार इकाईका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक हरी बहादुर थापाले हामीलाई बताएका छन।





















Don't Miss
© all rights reserved
made with by netKUTI