पवन पौडेल,
दमौली, तनहुँ ५ चैत । दुवै मृगौलाले काम गर्न छाडेका तनहुँ घाँसीकुवा निवासी कुविर आलेको उपचारका लागि सहयोग गरिदिन उहाँका आफन्तले अपिल गरेका छन् । लामो समयदेखि दुवै मृगौलाले काम गर्न छाडेको भए पनि आर्थिक अभावमा मृगौला फेर्न नसक्दा डायलसिसबाट काम चलाईरहनु परेको परिवारले जनाएको छ ।
दमौली एफएममा पत्रकार भेटघाट कार्यक्रम गर्दै आलेका परिवारले आर्थिक सहयोग पाए उपचार सम्भव रहेको बताएका छन् । साउदी अरेबियाबाट रोजगारी गरी फर्केका आले विरामी भएपछि स्वास्थ्य परीक्षण गर्दा मृगौलाले काम गर्न छाडेको थाहा भएको हो ।
आलेको उपचारमा सहयोग गरिदिनका लागि उनका पिता धनबहादुर आलेको नाममा विजनेश युनिभर्सल बैंक लिमिटेड दमौलीमा ००३००००९१४५० नम्बरको खाता खोलिएको छ । आलेको उपचारमा सहयोग जुटाउन दमौली एफएमले पनि पहल थालेको जनाएको छ । सहयोग गर्न चाहनुहुने महानुभावले निम्न खाता नम्बर वा एफएमको फोन नम्बर ०६५५६१७८१ मा सम्पर्क गर्न सकिनेछ ।