२ हजार भन्दा बढि टिकट विक्रि भइसकेको खतिवाडा को भनाई ।
तनहुँ खबर डट कम
१९ मार्च । दोहा–२३ मार्चमा दोहा सेनमा हलमा पर्दशन गर्न लागिएको चलचित्र लुटको सम्पूर्ण तयारी पुरा भइसकेको छ । लक्ष्मण खतिवडाको आयोजना तथा स्याङजा सहयोग समाजको विशेष सहयोगमा प्रदर्शन गर्न लागिएको हो ।
युवा जगतले अत्याधिक रुचाएको चलचित्र लुटले कतारमा रहेका नेपालीहरुको पनि मन जित्न सफल हुनेमा आयोजक लक्ष्मण खतिवडा विश्वत छन । चलचित्र लुटको हाल सम्म २ हजार भन्दा बढि टिकट विक्रि भइसकेको र दर्शकहरुको अत्याधिक माग रहेको समेत खतिवडाले जनाए ।
लुट फिल्मको प्रदशनमा निर्देशक निश्चल बस्नेत र नायिका ऋचा शर्मा १५ मार्चमा नै कतार आइ सकेका छन । एक साता पहिले कतार आएका उनीहरुले कतारका विभिन्न रमणिय ठाउ“हरु खलिफा स्टेडियम, लकतार,सिटिसेन्टर, कर्नेस जस्ता ठाउ“हरुमा घुम्घाममा रमाइरहेका छन । फिल्म प्रदशनको दिन दर्शकहरुसंग बसेर फिल्म हेर्ने र उनीहरुको प्रतिक्रिया लिन निकै उत्साहित देखिएका छन
