तनहुँ १० चैत ।
तनहुँको सतिस्वारा गाउँ विकास समितीमा सतिस्वारा बाल संजाल गठन गरिएको छ । जिल्ला बाल कल्याण समिती तनहुँको आयोजनामा सतिस्वाँरा गाविसमा गाविस सचिव श्रीकान्त न्यौपानेको अध्यक्षतामा सतिस्वाँरा बाल संजाल गठन गरिएको हो । जिल्ला बाल कल्याण समिती अन्तर्गत मानव अधिकारवादी प्रतिनीधी प्रकाश भट्टराई, चिल्ड्रेन नेपालका प्रतिनीधी रमेश सुवेदीको नेतृत्वमा वाल संजाल गठन गरिएको गाविस सचिव न्यौपानेले बताउनुभयो । गािवस सचिव न्यौपानेको संयोजकत्वमा ११ सदसस्यीइ बाल संजाल गठन गरेको हो ।
बाल संजालको सदस्यहरुमा सुन्दरी भटराई, शोभामाया राना, मौलादिन सेख, सोमप्रसाद खनाल, बिष्णु बस्नेत, जहिर वेगम, आस्वीन तिवारी, रुमाया गुरुङ्ग, नरबहादुर गुरुङ्ग, राजु आर्चाय रहेका छन् । जिल्लालाई बाल मैत्री बनाउनका लागि जिल्ला विकास समितीको अभियान अन्तर्गत यस वर्ष ४ गाविसमा मात्र बाल संजाल गठन गरिएको छ ।