तनहुँ ४ चैत्र । तनहुँको जामुने स्थित इट्टा भट्टाबाट इट्टा लिएर दमौलीबजार तर्फ आउँदै गरेको ट्याक्र शुक्रबार बिहान दुर्घटना हुदाँ २ इट्टा मजदुरको मृत्यु भएको छ । दुर्घटनामा २ मजदुर घाइते भएका छन् ।
मृत्यु हुनेमा सर्लाही जिल्ला हजारिया ७ का ३० वर्षिय अबधलाल कुंवर र सर्लाही हरिवन ७ का १८ वर्षिय सुरेन्द्र कुवर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरुमा हजारियाका २५ वर्षिय कृष्ण चौधरी र हरिवनका ४० वर्षिय जीत नारायण चौधरी रहेको प्रहरीले जनाएको छ । घाइते दुबैको दमौली अस्पतालमा उपचार भईरहेको छ ।
ग १ ट २०४४ नम्बरको ट्याक्टर पृथ्वी राजमार्गको जामुने २ गुणादीमा अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले बताए । मृतक र घाइते इट्टा झार्ने प्रयोजनका लागि ट्याक्टरमै चढेर आएको उनले बताए । ट्याक्टर चालक भने सकुसल रहेको प्रहरीले जनाएको छ । ईतनहुँ