एजेन्सी, ४ चैत्र ।
मोरक्कोका सामाजिक कार्यकर्ताहरुले देशले बनाएको बलत्कार सम्बन्धी कानुनको बिरोधमा आज बृहत प्रदर्शन गर्दैछन् ।
कानुनमा बलत्कारीले पिडीत महिला संग बिबाह गर्न पाउने छुट दिईएको छ । जसका कारण महिलाहरु झन बिडित बन्ने र पिडकले उन्मुक्ती पाउने भन्दै त्यहाँका अधिकारबादीहरुले बिरोध गर्न लागेका हुन् ।
पछिल्लो हप्ता एक १६ बर्षीय बालिकाले आफु बलत्कार भए पछि आत्महत्या गरेकि थिईन र त्यस पछि उक्त कानुनका बिरुद्ध बिरोध चर्किन थालेको हो । पिडीत बालिकाका बाबु आमाका अनुसार स्थानीय अदालतले उनकी छोरीलाई बलत्कारीका राथ बिबाह गर्न दवाव दिईरहेको थियो । अदालतको दवाव पछि बलत्कारी र उसको परिवारले पिडित बालिकालाई बिबाहको लागि निरन्तर तनाब दिईरहेको थियो ।