खेमनाथ पौडेल
दुबई २५ मार्च । अबुधावी । ख्यातिप्राप्त कामुक नृत्याङ्गना एबम् नायिका पुजना प्रधान यूएईका नेपाली दर्शकहरुसंग नयाँ बर्ष मनाउन यूएईको दुवईमा आउने भएकी छिन् । नयाँ बर्ष २०६९ को अवसर पारी यूएईमा हुन लागेको नयाँ बर्ष हंगामा कन्सर्टमा आफ्नो प्रस्तुती पस्कन उनी दोस्रो पटक यूएई आउन लागेको उक्त कार्यक्रमका आयोजक जयराम लामाले बताउनु भयो ।

उक्त नयाँ बर्ष हंगामा पुजनासंगै रमाउन, नाच्न यूएईमा रहेका नेपालीहरुलाई उक्त कार्यक्रममा भाग लिन आयोजकले अनुरोध गरेको छ । यसै अवसरमा उनले यूएईमानै छायाँकन हुने नेपाली म्यूजिक भिडियोमा पनि अभिनय गर्ने योजना रहेको वताइएको छ । नयाँ बर्ष हंगामा सास्कृतिक नाम दिईएको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।