तनहुँ २२ फागुन ।
तनहुँ को मादी र सेती नदी जल बिहार गर्ने बिदेसी पर्यटक को गन्तब्य बन्दै गएको छ । गाई घाट सम्म ३२ किलो मिटर मा रहेको होलिडे रिभर care and town प्याडोल नेपाल लगायत का कम्पनी हरुले पर्यटक लाई जल बिहार गराउदै आएका छन ।
जाडो मा तातो तथा गर्मी मा चिसो पानी हुने सेती र मादी नदी दाँया बाँया हरियाली डाडा काडा प्राकृतिक सौन्दर्य साराङ् घाट मा पाहुन लाई गर्ने आथित्य सत्कार तथा स्थानिय कला र सस्क्रिती ले गर्दा पनि नदी मा जल बिहार गर्दा को मज्जा रोमान्चक् हुने जल बिहार मा आएका पर्यटक हरु को भनाइ छ ।
मादी र सेती नदिमा दुई दिन सम्म जल बिहार हुने गरेको प्यडोल नेपाल का सिनियर गाइड रोहित राइ ले जानकारी दिनु भयो । पर्यटक हरु एक रात सारङ् घाट मा बास बस्ने र भोली पल्ट गाई घाट निस्केर सौराहा पोखरा या काठमाडौं फर्कने गर्दछन ।
दैनिक १० देखी १२ वटा दुङ्गा मा १२० भन्दा पर्यटक् ले जल बिहार को आनन्द लिदै गाई घाट निस्कने गरेको care and town का गाईड पदम गुरुङ ले जानकारी दिनु भयो । भारत , चाइना , बेलायत , जापान , जर्मन , अमेरिका , स्वीजरल्यान्ड , फ्रान्स , सिङ्गापुर , थाइल्यान्ड लगायत का देश हरु बाट पर्यटक हरु जल बिहार का लागि पर्यटक हरु तनहुँ पुग्ने गरेका छन् । लभ्ली तनहुँ