काठमाडौ, २४ फाल्गुन । सद्भावन, मेलमिलाप र खुसी साटासाट गरी बुधबार उपत्यकासहित पहाडी जिल्लाहरुका होली मनाइयो । अघिल्ला वर्षहरुमा होली शान्त, सभ्य र भद्र देखिन्थ्यो । प्रहरी मादक पदार्थ सेवन (मापसे)विरुद्ध निगरानी कडा गरेको र लोला प्रयोगमा कडाइ गरेपछि होली शान्त भएको हो । यद्यपि होलीमा रङ छ्यापाछाप गर्नेक्रममा भक्तपुरमा एक युवतीको ज्यान गयो भने सर्लाहीमा बालक घाइते भए, पोखरामा उच्छृखंल गर्ने केही समातिए ।
राजधानीमा होलीका अवसरमा रेडियो र टेलिभिजन च्यानलहरुले सांगीतिक कार्यक्रम गरे । सांगीतिक कार्यक्रमका लागि कलाकारहरुको भ्याइ नभ्याइ नै भयो । हामीले पनि होलीमा खिचिएका केही तस्बिर प्रस्तुत गरेका छौं ।
फोटो फिचर
तस्बिरहरु:विकास रौनियार, नरेन्द्र श्रेष्ठ
साभार: ईकान्तिपुर डटकम