Responsive Ad Slot

latest

हुण्डी रोक्न कलाकारको टोली बेलायत आउने I

Monday, March 5

/ by Admin BHOLA THAPA
बेलायतकानेपालीमाझ नयां बर्ष २०६९ हर्षोल्लासका साथ मनाउन महानायक राजेश हमालका साथमातितो सत्यका जोडी दिपक र दिपाश्री बेलायत आउने भएका छन ।

सम्सारा युकेलेबेलायतका चार शहरमा बैंकिङ प्रणालीबाट नेपालमा पैसा पठाउन सन्देश स्वरुप आयोजना गर्नलागेको सम्सारा शुभकामना सांझमा उनीहरुको सहभागिता हुन लागेको हो । कार्यक्रममानेपालबाट महानायक राजेश हमाल हास्यकर्मीद्धय दिपकराज गिरी, दिपाश्री निरौला र गायकहिमाल सागर बेलायत आउने सम्सराका डाइरेक्टर राजाराम गिरीले जानकारी दिए ।

सांस्कृतिकतामझामका साथै हुण्डी प्रथालाई निरुत्साहित गराउन कार्यक्रम फलदायी हुने आायोजकलेविश्वास लिएका छन । गतसाता काठमाडौमा पत्रकार सम्मेलन गरी सम्सरा शुभकामना सांझकाबारेमा जानकारी गराउंदै डाइरेक्टर गिरीले कार्यक्रम केहि पृथक हुनसक्ने बताएका थिए । उनलेसांस्कृतिक मनोरञ्जनका साथै कार्यक्रम जानकारी मुलक हुने बताए । सम्सरा सांझ सन्देश मुलकपनिहुने बताउंदै गिरीले बेलायतका नेपालीमाझ यसले धेरै खुराक दिने अपेक्षा समेत गरे ।
शिक्षित तथाचिन्तलशील नेपाली बस्ने भनिएको बेलायतबाट पनि हुण्डी मार्फत लाखौं रुपैया नेपाल पठाउनेगरीन्छ । हुण्डी बाट पठाइएको रकम देशको अर्थतन्त्रमा सहयोगी नहुने भएकोले बैकिङप्रणाली मार्फत पैसा पठाउन सांस्कृतिक कार्यक्रमले जनजागरण गर्ने धेरैले अपेक्षा गरेकाछन ।

यसअघि बेलायतमैपत्रकार सम्मेलन गरेका गिरीले ८० प्रतिशत रकम अबैध रुपमा हुण्डीमार्फत नेपाल गएको प्रतिचिन्ता व्यक्त गरेका थिए । हुण्डी नेपाल र नेपाली दुवैको हितमा नभएको उनको भनाईथियो ।

नेपाल र बेलायतकानेपालीमाझ ख्याती कमाएका युवा गायक विवेब श्रेष्ठले ‘सम्सरा शुभकामना सांझ’ कार्यक्रमकोसंयोजन गर्नेछन । कार्यक्रममा नेपालबाट आउने कलाकारहरुको अलावा क्रान्ति आले र दिपु गुरुङ थप आकर्षण बन्ने विश्वास लिइएको छ । बेलायतस्थित सबै नेपाली समुदायहरुलाई मध्यनजर गर्दै सो सांझमा गुरुङ,मगर, राई, नेवार, लगायत अन्य जातजातीका समेट्ने गरी मिश्रीत सांस्कृतिक शो गरीने जानकारी गराइएको थियो ।

नयां बर्षको शुरुवात संगैं अप्रिल ११ मा ईलिङ टाउनहलबाट शुरु हुनेकार्यक्रम १४ अप्रिलमा हकिन्स कम्युनीटि सेन्टर फोक्स्टन, १९ मा प्लमस्टिड र २१ अप्रिलमारेडिङमा सम्पन्न हुनेछ ।
Don't Miss
© all rights reserved
made with by netKUTI