महत्वपूर्ण भेटघाट र नेपालमा लगानिका सन्दर्भमा बिभिन्न उपलब्धी
हरी कृष्ण न्यौपाने,
कुवेत,६ मार्च। नेपालका अर्थमन्त्री बर्षमान पुन कुवेतको तिन दिने भ्रमण सकि हिजो नेपाल फर्किएका छन।अर्थमन्त्री पुनले कुवेत भ्रमणका बेला कुवेत फन्ड,कुवेत चेम्बर अफ कमर्स लगाएत उच्च सरकारी ब्यक्तित्वहरु संग महत्वपूर्ण भेटघाट र नेपालमा लगानिका सन्दर्भमा बिभिन्न पक्षसंग छलफल गर्नु भएको थियो भने नेपालमा बिभिन्न क्षेत्रमा लगानिका सन्दर्भमा बिभिन्न उपलब्धीहरु भएका छन।
नेपाल फर्कनु अघी उहाँले ०५(मार्चका दिन कुवेतमा क्रियाशिल नेपाली सँघ(सँस्थाका प्रतिनिधी,एनआरएनए र स्थानिय पत्रकारहरुसंग दुतावासको सभाकक्षमा संक्षिप्त रुपमा भेटघाट गर्दै उक्त कुरा बताउनु भएको हो।
उक्त भेटमा एनआरएनए कुवेत र नेपाल कुवेत मेनपावर एशोशियशनले कुवेतमा देखिएका बिभिन्न समस्याहरुका सन्दर्भमा अर्थ मन्त्री र भ्रमणदल समक्ष ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएका थिए।
यसै बिच अर्थमन्त्री बर्षमान पुनको कुवेत भ्रमणका उपलब्धिहरु र भेटघाटका सन्दर्भमा नेपाली दुताबास कुवेतले एक प्रेश बिज्ञप्ती निकाल्दै सम्पूर्ण विवरणहरुलाई सर्बजानिक गरेको छ।बिज्ञप्तीमा जनाइए अनुसार अर्थमन्त्री पुनले कुवेतका उप(प्रधान तथा कुवेतका अर्थमन्त्री मुस्ताफा अल सिमली संग बिशेष छलफल गर्दै नेपाल र कुवेत बिचको सम्बन्ध सुधारका सम्बन्धमा कुरा भएको थियो।
यस्तै कुवेतले पहिलेनै लागानिको लागि स्विक्रित गरेको सितापाइला(धार्के सडक तथा बुढीगंगा जलबिधुत आयोजनाको बारेमा छलफल भएको थियो।त्यस्तै हाइड्रो पावर, कृषी,शिक्षा(श्वास्थ र अन्य सामाजिक क्षेत्रमा पनि लगानी गर्न कुवेत साकारात्मक देखिएको छ।
उक्तभेटमा नेपालको बर्तमान शान्ती स्थितीको बारेमा समेत छलफलभएको थियो भने २०१२को ब्यापारिक प्रदर्शन र दुई देश बिच श्रम सम्झौताका बारेमा पनि सकारात्मक छलफल भएको थियो।कुवेतका उप प्रधान तथा अर्थमन्त्री सिमालीले पनि नेपाल र कुवेतको सम्बन्ध लामो समय देखी सुमधुर रहेको र कुवेत नेपालको बिबिध क्षेत्रमा लगानी गर्न ईछुक रहको बताउदै छिट्टै कुवेतले नेपालमा आफ्नो दुताबास खोल्ने र कुवेत देखी नेपालमा सिधा उडान भर्ने बताए।
यसै बिच मार्च(४मा कुवेत फन्डका प्रतिनिधिहरु संग अर्थमन्त्रीले भेटेका थिए भने नेपालको शिक्षा,श्वास्थ्य, कृषि लगाएत बिबिध क्षेत्रमा लगानी गर्न आफुहरु तयार भएको उनिहरुले बताएका थिए।अर्थमन्त्री पुनले कुवेत चेम्बर अफ कमर्सका उप(प्रमुखसंग भेटेका थिए।
नेपालली दुताबास कक्षमा अर्थमन्त्री पुनले मार्च(४ बेलुका र मार्च(०५ दिउसो कुवेतमा रहेका नेपाली संघ(संस्थाका प्रतिनिधिहरु तथा एनआरएनएका प्रतिनिधिहरु र स्थानिय पत्रकारहरु संग छलफल अनी भेटघाट गरेका थिए।अर्थमन्त्री पुनले दुताबासको सेल्टरमा रहेका करिब १६० नेपाली घरेलु महिलाकामदारहरुलाई समेत भेटेका थिए।
अर्थमन्त्री पुन संगको भेटघाटमा कुवेतका लागि नेपाली राजदुत मधुबन प्रशाद पौडेल,अर्थमन्त्रालयका सह(सचिब लाल शंखर घिमिरे,प्रलाद कुमार प्रसाँई,लगाएत नेपाली भ्रमणटोली सदस्यहरुको पनि सहभागीता थियो।