Responsive Ad Slot

latest

स्याङ्जा पौवेगौडेमा भिषण आगलागी I

Thursday, March 22

/ by Admin BHOLA THAPA

कला राना,
वालिङ, ९ चैत । स्याङ्जास्याङ्जाको पौवेगौ“डे गाविस–१, स्थित गतेहरा रातोपहरा सामुदायिक वनमा हिजो दिउँसोदेखि भिषण आगलागी भएको छ । हिजो दिउ“सो करिब २ बजेदेखि लागेको आगो अहिलेसम्म पूर्णतः नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लास्थित सुरक्षाकर्मीको टोली र स्थानीयबासिन्दाको प्रयासमा पनि स्याङ्जाको पौवेगौ“डे गाविस–१, स्थित दुई सामुदायिक वनमा लागेको आगो निभाउन नसक्दा वनपैदावर र वन्यजन्तुको ठूलो क्षति हुनसक्ने खतरा बढेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक सुरेशराज भट्टराईका अनुसार सदरमुकामबाट नेपाली सेना १५ जना र १४ जना नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गर्दागर्दै रात परेपछि फर्किएको छ । तर, प्रहरीले भने नजिकै रहेको आरामडाँडाको बस्तीलाई भने खतरामुक्त पारिएको दाबी गरेको छ । केटाकेटीले सल्काएको आगो अचानक सामुदायिक बनमा फैलिएको स्थानीयले बताएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI