Responsive Ad Slot

latest

यसपाली गहुँ राम्रो I

Monday, March 5

/ by Admin BHOLA THAPA

उत्पादन दोब्बर हुने संकेत
प्रबिधिको प्रयोग र अनुकुल शैलीमा खेती गर्न जरुरी

कपिल ज्ञवाली
बुटवल २२ फागुन । रुपन्देहीमा यस वर्ष गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ । दाना लाग्ने बेलामा पानी परेकाले गहु“को उत्पादन बढ्ने अनुमान गरिएको हो । यसवर्ष मौसम राम्रो भएकाले धान र मकैको उत्पादन पनि बढेको थियो ।

समयमै पानी पर्नुका साथै सि“चाइको सुविधा, उन्नत बीउबिजन तथा मलखादको राम्रो व्यवस्थाका कारण्ँ गहु“को उत्पादन बढ्ने अनुमान कृषि बिज्ञको छ । जिल्ला कृषी विकास कार्यालयका अनुसार रुपन्देहीमा यस वर्È ३० हजार ५ सय हेक्टरमा गहु“बाली लगाइएको छ । गहु“ नेपालको तेश्रो मुख्य खाद्यान्न बाली मानिन्छ ।

गहु“बाली लगाइएको कुल जग्गामध्ये २७ हजार हेक्टरमा सि“चाईको राम्रो सुबिधा छ । कार्यालयका अनुसार जिल्लाका ४७ हजार ६ सय ६७ हेक्टर जग्गामा सि“चाइ सुविधा उपलब्ध छ । गतवर्È जिल्लाका ३० हजार हेक्टरमा लगाइएको गहु“बालीमा ६७ हजार ५ सय मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

‘दाना लाग्ने बेला गहुंले पानी पाएमा जराले माटोमा भएको पौष्टिक तत्व बोटसम्म पु¥याउने र दाना लाग्न सहयोग पुग्छ’–कृषि बाली विकास अधिकृत राजेन्द्र प्रसाद चौधरीले भन्नुभयो –“रुपन्देहीका कृषकलाई यसबर्ष मौसमले राम्रो साथ दिएको हो । गतवर्षको तुलनामा यस वर्Èगहु“को उत्पादन २७ दशमलव ९३ प्रतिशतले बढेर ८६ हजार ३ सय ५० मेट्रिक टन पुग्ने कृषि कार्यालयको अनुमान छ । जिल्लाको अधिकांश स्थानका कृषकहरुले त्रिवेण्ँी, भृकुटी, गौतम, एनएल लगायतका उन्नत जातको गहु“को बाली लगाएको कार्यालयले बताएको छ ।

परम्परागत तरिकाले पहिलेदेखि गर्दै आएका गहुको तुलनामा कृषि कार्यालयले सिफारिस गरेको नया र उन्नत जातका गहुका बिउ रोप्ने हो भने उत्पादनमा वृद्धि हुने सक्ने अनुमान पनि कार्यालयले गरेको छ । मौसम परिबर्तन संगै आधुनिक प्रबिधिको प्रयोग र अनुकुल शैलीमा खेती गर्न जरुरी छ ।

गहु“ उत्पादनमा वृद्धि हुने खबरस“गै खाद्यँन्न अभावको सम्भावनालाई केहि हदसम्म राहत मिल्ने अनुमान ब्यबसायिहरुको छ । बुटवल योगिकुटीका कृषक युबराज गौतमले गहुमा राम्रो दाना लागेको बताउनुभयो । ‘सधैं यस्तो भए पो खेती गर्न मन लाग्छ’ –गौतमले भन्नुभयो “हामीलाई जहिले पनि आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ ।”






Don't Miss
© all rights reserved
made with by netKUTI