यति मिठो हासो भित्र घात लुकेको छ भन्ने '
पवित्र चित्र सोल्टि |
हो तिम्रो त्यति सुन्दर मुहार मिठो बोली भित्र यति नमिठो चोट दिने मन छ भनेर पत्याउनै सकिन्नथ्यो । तर आज यथार्थमा परिणत हुदा पत्यार लाग्नै पर्ने भयो मैले । कति सुन्दर थियो त्यो संसार जहा तिमी थियौ म थिए अनि त्यसमा हाम्रो एउटा सुन्दर मिठो सपना थियो । त्यहि सपनाको गन्तव्यमा पुग्न लालायित जिन्दगी थियो । हजार दुःख र चोटहरु सहेर पनि संघर्ष गरिरहेका थियौ । जुन दिन यो तमु संसार पत्रिकाले तिम्रो मेरो सम्बन्धको मध्यस्तकर्ताको भुमिका खेलेको थियो । त्यो अझै पनि सम्झिरहन्छु म ।
भुल्न खोज्छु भुल्न सक्दिन । साच्चै जिन्दगीको त्यो नमिठो अतित भुल्न नसकिदो रहेछ आज लागिरेको छ । तिमी सग भेट नभईदिएको भए हुन्थ्यो तर आज मैले यो दिन भोग्नु रैछ र भेट भयो । आज सम्झन्छु त्यो २०६५ सालको चैत्र १ गतेको हाम्रो पहिलो भेट । कति हसिलो थियो तिम्रो मुहार अनि लजाएकी थियौ अलिकति मुस्कानको साथमा र त यो मनमा त्यो दृश्यले झंकार पैदा गरेको थियो ।
त्यो हंसमुखबाट मृगनयनी आखाको तिर हान्दै मिठो स्वरमा लयालु बोली निकालेर बोलायौ र त दिलमा बस्यौ । निरन्तरको फोन सम्पर्कले गर्दा भेट पातलो भएपनि माया कति गाहिरो हुदो रैछ त्यसको ज्वलन्त प्रमाण पनि पाए मैले । तिमीसग बिताएका पलहरु मध्ये मैले भुल्नै नसक्ने अर्को पल २०६६ सालको श्रावण सक्रान्तिको दिन थियो त्यो हो त्यो दिन तिमीसगै रहेर सम्बन्धलाई अझै नजिक बनाउने प्रयास गरेका थियौ र त सम्बन्धहरु अझ बलियो बन्दै गईरहेको थियो ।
हो तिमी र म सग आफ्नै खाले बन्धनहरु थियो । त्यो बन्धन तोड्न तिमीलाइृ्र जति सजिलो थियो त्यति गाह्रो मलाई थियो । तर पनि त्यो बन्धन तोड्न तयार थिए म । तर अफसोच समयले कोल्टे फेर्यो म सडक दुर्घटनामा परे सहनै नसक्ने चोट लाग्यो मलाई लाग्थ्यो अब जिन्दगी यति हो तर होईन रैछ त्यो बेला थाहा पाए प्रेमको शक्ति कस्तो हुदो रैछ भन्ने । त्यो उदाहरण तिमीले देखायौ ।
म तिम्रो प्रेमको अघि नतमस्तक हुन पुगे त्यो बेला । मलाई लागेको थियो तिम्रो मायाको अगाडी मैले तिमीलाई दिएको माया त कमजोर रहेछ भन्ने किनकी यति धेरै माया गर्ने मान्छे पनि संसारमा पाइदो रैछ म कति भाग्यमानी रै छु की त्यो अवसर मैले प्राप्त गरे ।
हो तिम्रै माया प्रेम स्नेह अनि स्याहार सुसारले फेरी मैले अर्को जिवन पाए । त्यतिबेला कति खुशी थियौ तिमी अनि त्यसमा म कति रमाएको थिए । अंगालोमा बसेर मलाइृ कति हौसला दिन्थ्यौ तिमी । कहिले काहि यहि अंगालोमा बसेर रुन्थ्यौ पनि । दुःखका सुखका कुराहरु हुन्थ्यो जिवन जिउनेका कुराहरु हुन्थ्यो हजार जुनीसम्म एक अर्काको परि पुरक बन्न पाउ जस्तो लाग्थ्यो हाम्रो माया झन् झन् प्रगाढ हुदै थियो ।
तर पनि मन सशंकित भैरहन्थ्यो । किनकी सच्चा प्रेममा पनि केहि कुरा तगारो बनेर आउदा प्रेम असफल भएका प्रशस्त उदाहरण थिए । यसैले गर्दा पनि मनमा केहि कुरा लागिरहन्थ्यो यसमा पनि मेरै कमाईले धानेको मेरो सिङ्गो परिवार लामो समय म उपचारमा रहनु पर्दा मेरो आर्थिक व्यवहार बिग्रदै गएको थियो ।
यसैले पनि हाम्रो सम्बन्धलाई लिएर म डराएको थिए तै पनि तिमीले उल्टो मलाई सम्झाउने गथ्र्याै हरेस नखानका निम्ति र त म उत्साहि थिए । तिमी भन्ने गथ्र्याै सधै जिवन ओरालो लाग्दैन कुनैदिन उकालो लाग्छ हजुर छ साथमा म छु दुबै मिलेर गरौला नी जे गरेपनि सगै गरौला । चाहे त्यो जिउनमा हो या मर्नमा । आहा यति मिठो साथ पाउदा कस्को मन नरमाउथ्यो होलार त्यसैले त मेरो मन पनि रमाएको थियो । र पनि तिम्रो मनमा अर्कै कुराहरु रैछ त्यो आज आएर छरपष्ट पोखिएका छन् ।
बेला बेलामा तिमी मलाई भन्ने गथ्र्यौ कुनै दिन हजुरलाइ कहिल्यै नआउने गरि छोडेर गई दिन्छु हिजोको ख्यालठट्टा आज तिमीले साच्चै गरिदियौ । त्यो पनि जुन बेला दशै तिहारको रमझममा रमाई रहेका थिए सबै । भन्छन् दशै तिहार छुटिएको परिवारलाई एक ठाउ भेला गराउने चाड हो तर यसपालीको दशै तिहारले त मलाई मेरो आफ्नो भन्ने सग अब कहिल्यै भेट नहुने गराएर आयो ।
जति टाढा उति माया गाढा भन्छन् तर यो पनि झुटो रहेछ मेरो त माया जति टाढा उति छाडा भएर आयो मैले कहिल्यै सम्हाल्न नसक्ने गरि । यहि कारण आज म डिप्रेसनको सिकार भएको छु आफैले बोलेको कुरा आफैलाई थाहा हुदैन । तिमीले मलाई आज यो नगरमा बदनाम बनायौ । दुनियाले मलाई पागल भन्छन् । अरुको लागी यो शहरमा म आज हासोको पात्र भएको छु ।
मलाई देखेपछि मजाक सुरु हुन्छ मान्छेको । मेरो मन भित्र कति पिडा छ न म कसैलाई पोख्न सक्छु न सम्हालिन सक्छु । आज म तिम्रै कारण परिवारमा पनि एक्लो भएको छु । आज परिवारको कसैले पनि मेरो वास्ता राख्दैन किनकी परिवारलाइ पनि तिम्रो बारे सबै थाहा छ । भन्ने गर्छन हिजो हामीलाई पराई ठानिस देखिहाल्यो तेरो आफ्नो भन्नेको आफ्नोपन ।
हुन पनि हो पालो पर्दा सबैले भन्ने गर्छन तर म त कसलाई गएर भनु थाहा छ मलाई अनि तिमीलाई पनि मैले मेरो कुरा जसलाई सुनायो उसले नै मलाई छि छि र दुर दुर गर्छन । र त म कसैलाई सुनाउन सक्दिन तिमी त कसैसग जिन्दगीको गन्तव्य हिडिरहेका छौ । यता मलाई अलपत्र पारेर । भन्ने गर्थे साथीहरुले आजकाल केटीहरुलाई त एउटा प्यास मेटाउने माध्यम बनाउनुपर्छ भनेर तर मैले त्यस्तो कदावी सोचिन । म गर्व साथ भन्ने गर्थे चोखो प्रेम गरेपछि एक अर्काप्रति ईमान्दार हुनै पर्छ ।
मैले जे सोचे तिमी प्रति पनि त्यहि व्यवहार गरे । एकाधलाई छोड्ने हो भने त्यो सोच मेरो घमण्डिपना बाहेक केहि होईन रहेछ जो तिमीले देखाएको व्यवहारले प्रष्ट पारेको छ आज । जिन्दगीको मोडमा आज यहा सम्म आईपुगे भोली कहा जाने के गर्ने केहि थाहा छैन मलाई ।
केहि सोच्न सकिरहेको छैन मनमा यहि मात्र कुरा खेलिरहेको छ । तिमीले मलाई बिचल्ली पार्नुपर्ने कारण के थियो होला हो तिमी आफैले दिएको यो जिवन मरे मरोस भनेर किन यस्तो गर्यौ तिमी बिना म बाच्न सक्छ भन्ने सोच्यौ तिम्रो त्यो हजार जुनीको कसम कहा पुग्यो हरेक सोमबार ब्रत बस्थ्यौ अनि भन्थ्यौ हजुरको लागी अब भन साच्चै त्यो कस्को लागी थियो तिमी जहिले पनि अगालोमा बसेर भन्ने गथ्र्या्रै हजुरले मलाई छोड्नुहुन्छ होला हेर त आज कसले छोड्यो आखिर विश्वास त तिमीलाई रैन रहेछ म प्रति अनि किन सगै यात्रा गर्छु भन्यौ ठिकै छ तिम्रो मन हो तिम्रो खुशी गर्न पाईन्छ तर हेर त मैले त मेरो मन मेरो खुशी गर्न पनि पाईन । किनकि बारम्बार तिम्रै सम्झना आइरहन्छ मनमा ।
हो तिमीले त सोच्यौ होला दुईचार महिना गोहिको आशु झारे जस्तो गर्छ त्यसपछि भुल्छ तर सत्य कुरा त्यो होइन याद गर तिमीले मलाइ छोडेपनि म तिमीलाई कहिल्यै घृणा गर्ने छैन । हो तिमीले मलाई आजसम्म मात्र माया गर्न चाहेको रै छ गर्यौ सकियो तर मैले तिमीलाई यो जन्मभर माया गर्छु भनेको कसम भुल्न सक्दिन । यसैले म यो जन्मभर तिमीलाई माया गरिरहन्छु ।
आजसम्म चित्र सोल्टि बनेर बाचिरहेको थिए आजबाट तिम्रै सम्झनामा मेरो नामको अघि तिम्रै नाम जप्न पाउ र तिम्रै सम्झना गर्न पाउ भन्ने सोचले मैले मेरो नामको अघि तिम्रो नाम राखेर पवित्र चित्र सोल्टि बनेर बाच्ने प्रण लिएको छु । यसैगरि फेसबुक ईमेल लगाएतको पासवार्ड परिवर्तन गरि तिम्रै नाममा राखेको छु ।
किनकी तिम्रो गुन मैले तिर्नै पर्छ तिम्ले मलाई यति मिठो गुन लगाएर गएका छौ कि त्यो गुन मलाई थाम्न गाह्रो हुन्छ । म भगवानसग यहि प्राथना गरिरहेको छ कि स्वर्गमा पनि अब हाम्रो भेट नहोस् किनकी भेट भएमा प्रेम बढ्छ अनि फेरि तिमीले मलाई यसैगरि चोट दिइ रुवाउछ अनि म कति रुने भन त सधै रोइरहन पनि सकिन्न नि हगी पवित्रा अनि अर्काे कुरा अबको दुई बर्ष भित्रमा तिम्रो र मेरो प्रेम कहानीको एउटा उपन्यास लेख्ने विचारले लेखन कार्य सरु गरेको छु । यो पनि तिमीमा समर्पित गर्नेछु मैले ।
यहि अनुभतिमा पनि मैले धेरै कुराहरु लेख्न सक्दिन किनकी मेरो आफ्नै बाध्यता र विवशता छ अब यति मात्रै भनौ तिमीले सहि निर्णय गर्यौ । जिन्दगी जिउनलाई हरेक चिज पुर्ण हुनपर्छ त्यस मध्य धन झन महत्वपुर्ण हो तर त्यहि नै म सग कमि थियो ।
सायद यहि नै कारण हुनसक्छ मलाई छोड्नुको तिम्रो कारण । सुनेको छु आजकाल तिमीले सबैकुरा पाएकी छौ रे तिमी खुशी रहनु शुभकामना छ मेरो ।
आखिरमा मान्छेले स्वार्थ बिना प्रेम नगर्दाे रहेछ भन्ने कुरा प्रमाणित भएको छ । तिम्रो साथमा रहदा यो चित्रले तिम्रो चित्त दुखाउने काम गरेको रहेछ भनेपनि सक्छ माफि दिनु सक्दैन श्राप नदिनु किनकी अब मैले जिवन धान्न गाह्रो छ र अन्त्यमा तमू संसारलाई यो मेरो अनूभति प्रकाशन गरिदिन हुन अनुरोध गर्दै यो एउटा मुक्तक प्रस्तुत गर्न चाहे
बल्ल थाहा पाए पिउदै रैछु म
फाटेको यो मन सिउदै रैछु म
कोट्यार कसैले बोलायो र पो
बेहोशीमा रहि जिउदै रैछु म
पवित्र चित्र सोल्टि
चण्डि भाज्याङ्ग चितवन
tamusoltee@gmail.com
pabitrasoltee.blogspot.com
9842459055