Responsive Ad Slot

latest

शान्ति प्रक्रिया टुङ्गिएपछि मात्रै नयाँ संविधान बन्ने खनाल I

Monday, March 19

/ by Admin BHOLA THAPA

काठमान्डौ ६ चैत ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रिया टुङ्गिएपछि मात्रै सविधान निर्माणले पूर्णता पाउने बताउनुभएको छ । केन्द्रिय कार्यालय मदननगर बल्खुमा एमाले निकट कानुन व्यवसायीहरुसँगको भेटमा अध्यक्ष खनालले शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा विवाद रहेकाले सविधान निर्माणमा ढिलाइ भइरहेको जानकारी दिनुभयो । राष्ट्रका सामु शान्ति र संविधानको विकल्प छैन भन्दै अध्यक्ष खनालले निर्धारित समयमै नयाँ संविधान आउने विश्वास व्यक्त गर्नुभयो ।


पूर्व प्रधानमन्त्री खनालले मुलुकलाई अग्रगति दिन बार एसोसिएसनले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । संविधान निर्माणमा केही दलहरुले चासो नदेखाएकोले कानुन व्यवसायीहरुले खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ । कानुन व्यवसायीहरुको खबरदारीले संविधान निर्माणका लागि थप दबाब पुग्ने अध्यक्ष खनालको भनाइ छ ।

महासचिव ईश्वर पोखरेलले सेना समायोजन विशेष समितिको बैठक बोलाउन आलटाल गरेर प्रधानमन्त्रीले शान्ति प्रक्रियाको काम अल्झाइरहेको आरोप लगाउनुभयो । उहाँले माओवादीको दोधारे प्रवृत्तिले मुलुक बन्दी बनेको भन्दै त्यस्तो प्रवृत्ति त्याग्न माओवादीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सचिव युवराज ज्ञवाली, कानुन विभाग प्रमुख रघुजी पन्तलगायतका नेताहरुले एमालेको नीतिसँग मेल खानेगरी भावी संविधानबारे आफ्नो धारणा सार्वजनिक गरेको भन्दै धन्यवाद दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI