बुटवल, १७ चैत । झध्ङ्गवा बौद्ध विहारका प्रथम गुरु यिन सुनको लुम्बिनी चिनियाँ मन्दिरमा पदस्थापना भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा चिनियाँ बौद्ध विहार लुम्बिनीमा बिहीबार स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा लम्बिनी क्षेत्रका विपन्न वर्गका करिब तीन सय ५० सर्वसाधारणले स्वास्थ्य परीक्षण गरेका थिए । उनीहरूलाई निःशुल्क औषधि र कपडा वितरण गरिएको थियो ।
कार्यक्रमको शुभारम्भमा चिनियाँ मन्दिरका दोस्रा गुरु मिङ हाओले चीनले विश्व शान्तिका लागि खेलेको भूमिकाबारे चर्चा गर्दै यस पवित्र भूमिबाट विश्वशान्तिका लागि कामना गर्न पाउँदा आफू धेरै हर्षित भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल–चीन मैत्री समाजका अध्यक्ष नारायण सापकोटाले लोककल्याणकारी काममा चीनले पु¥याउँदै आएको सहयोग र सेवा नै धर्म हो भन्ने चिनियाँ जनताको भावनाको प्रशंसा गर्नुभएको थियो । सो अवसरमा लुम्बिनीमा रहेका सबै गुम्बा विहारका भिक्षुको उपस्थिति थियो ।