हरि बहादुर सारुमगर
पाल्पा, ९ चैत । नेपाल आदिवासी जनजाति महासंघ,पाल्पाको आयोजना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको प्रायोजकामा भएको दुई दिने मातृभाषा संरक्षणार्थ अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर थापा मगरले भाषिक समस्याका कारण आदिवासी जनजातिहरु सरकारी संरचनामा पछि परेको बताउनुभयो । मुलकको राज्य संरचनामा पहुँच पु¥याउन आदिवासी जनजातिलार्इृ लोकसेवाको तालिमको आवश्यकता रहेको बताउदै उहाँले भन्नुभयो प्रतिष्ठानले अहिले यो प्रक्रियालाई अगाडि बढाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको थापा मगरले आदिवासी जनजातिहरुले अधिकार मात्रै खोज्ने होईन् त्यसको कार्यान्वयनको लागि सहज वातावरण समेत तय गर्नु पर्नेमा समेत जोड दिनुभयो । थापामगरले निजामती लगायत सरकारी संरचनामा पहुँच नपुग्नुका कारण भाषा समेत बाधक रहेको उल्लेख गर्दै मातृभाषा संरक्षणको लागि नयाँ बन्ने संविधानमै मातृभाषा शिक्षालाई ग्यारेन्टि गर्नु पर्ने समेत बताउनुभयो ।
यस्तै बिशिष्ट अतिथि जिल्ला शिक्षा अधिकारी विष्णु बहादुर द्धारेले मातृभाषा संरक्षण र प्रवद्र्धनको लागि सरकारले ल्याएको जुनसुकै नीति नियमहरु लागु गर्न आफु सक्रिय रहेको बताउनुभयो । उहाँले मातृभाषा संरक्षणको लागि सम्बन्धीत जातिय संस्था र समुदायहरु समेत सक्रियता आवश्यक हुने बताउनु भयो । तालिमका प्रशिक्षक भाषाविद लोक बहादुर थापा मगरले मातृभाषाको अध्यापनबाट अरु भाषाको शिक्षा हासिल गर्न सघाउ पुग्ने बताउनु भएको छ । उहाँले मातृभाषाको माध्यमबाट शिक्षा हासिल गर्न जति लामो अवसर प्राप्त हुन्छ त्यतिनै उसको विषयगत सिकाई राम्रो हुने दावी समेत गर्नु भयो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परीषद पाल्पाका अध्यक्ष गम बहादुर थापाको अध्यक्षतामा र राज कुमार आलेमगको सञ्चालनमा भएको कार्यक्रममा नेफिन सल्लाहकार अशोक कुमार शाही, तानसेन नगरपालिकाका विष्णु पौडेल, नेपाल मगर संघका केन्द्रिय सदस्य तारा थापा मगर, नेपाल मगर संघका अध्यक्ष बल बहादुर गाहामगर, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ पाल्पाका अध्यक्ष सौन्दर्यवती शाक्य नेपाल मगर विद्यार्थी संघका अध्यक्ष धनी सारुमगर लगायतले बोल्नु भएको थियो ।