रवि रोषी
दोहा ६ मार्च ।
पर्यटन मन्त्री लोकेन्द्र बिष्ट यहि मार्च ७ देखि ११ सम्म जर्मनीको बर्लिनमा हुने ट्राभल र पर्यटन मन्त्रीसंग सम्बन्धित आईटीबी बर्लिनमा भाग लिन हिजो इत्तेहाद एयरवेजबाट आबुधावी पुग्नु भएको थियो । भिसामा केरमेट भएको समस्याको कारण सोधपुछको लागि बिष्टलाई प्रहरी नियन्त्रणमा लिईएको कुरा परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता तीर्थ वाग्लेसंग भएको फोन वार्तामा जानकारी प्राप्त भएको छ ।
मन्त्री बिष्ट कतार नभई आबुधावी हुदै जान लाग्नुभएको थियो, यसमा कसैलाई भ्रम नपरोस् सहायक प्रबक्ता वाग्लेले बताए । हाल सो समस्या निराकरण भैसकेको पनि जानकारी आबुधावीबाट प्राप्त भएको छ । भ्रमण टोलीमा मन्त्री बिष्ट सहित पर्यटन मन्त्रालय र नीजि क्षेत्रका गरी २२ जना संलग्न थिए ।