१८ फागुन, सुनसरी ।
पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले सुनसरीमा गणतन्त्र विरुद्ध नाराबाजी गरेका छन । पूर्व राजा ज्ञानेन्द्रको समर्थन र गणतन्त्रको बिरोधमा उनीहरुले नारा लगाएका छन् ।सुनसरीको झुम्कामा भविष्य पुराणका उद्घाटन गर्न गएका शाहलाई राप्रपा नेपालका कार्यकर्ता तथा राजाका समर्थकहरुले विराटनगर विमानस्थलमा स्वागत गरेका थिए ।भविष्य पुराणमा सहभागि हुनेहरुलाई आयोजकले प्रति सवारी साधन पाँच लिटर पेट्रोलको ब्यवस्था गरेको छ । पुर्वराजाको सुरक्षाको लागि आयोजकले ५ हजार युवा परिचालन गरेको जनाएको छ । कार्यक्रम स्थल वरपर ब्यापक प्रहरी परिचालन समेत थियो । भबिष्य पुराण नेपालमै पहिलो पटक लगाउन लागिएको आयोजक समितिका रबिन्द्र चक्रवर्तीको दावी छ । पुराणमा धार्मिक सँगै राजनितक भबिष्यको बारेमा पनि चर्चा हुने आयोजकको भनाई छ ।