विराटनगर, १७ चैत । चालिस दिनदेखि अन्न–जल त्याग गरी उपवास (सन्थारा) बस्ने अमृतश्रीले बिहीबार देहत्याग गर्नुभएको छ ।
उहाँ ३९ दिनदेखि मेनरोडस्थित जैन भवनमा सनथाराम हुनुहुन्थ्यो । उहाँले जैन साध्वी श्रीत्रिशलाबाट हालै मात्र दीक्षा प्राप्त भई अमृतश्रीको उपाधि पाउनुभएको थियो । दीक्षा लिनुअघि अमृतश्रीको नाम इन्द्रा कुन्डलिया थियो । उहाँ विराटनगरका व्यवसायी हेमराज कुन्डलियाकी माता हुनुहन्थ्यो । उहाँको अन्तिम संस्कार स्थानीय सिङ्घियाघाटमा गरिने भएको छ ।
जैन धर्ममा यसरी स्वेच्छिक रूपमा कसैले देहत्याग गरेको नेपालमा यो पहिलो घटना भएको बताइएको छ ।