तनहुँ, ४ चैत । रानाभाट सेवा समाज व्यास नगर कार्यसमितिको आज व्यास ७ पाटनमा सम्पन्न दोश्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । गठित कार्यसमितीको अध्यक्षमा यम बहादुर ,उपाध्यक्षमा मधुमाया,सचिवमा राजेश ,सहसचिवमा कृष्ण बहादुर र कोषाध्यक्षमा प्रेम बहादुर रानाभाट रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा सम्झना ,चेत बहादुर ,वीर बहादुर ,गोविन्द ,रत्ना ,किशोर ,विष्णु बहादुर रहनुभएको छ ।
यस्तै,समाजअन्र्तगतको रानाभाट युवा समाज व्यास नगर समिति समेत गठन गरिएको छ । गठित समितिको अध्यक्षमा बस,उपाध्यक्षमा अमृत ,सचिवमा तीर्थराज र कोषाध्यक्षमा मन राज रानाभाट चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा ओम बहादुर,महेन्द्र,विरेन्द्र,अमृत,सुवास,महेश,विकास,राजन र मदन रानाभाट रहनुभएको छ ।
यस्तै,आज नै गठित रानाभाट महिला समाज व्यास नगर समितिको अध्यक्षमा श्रीमाया ,उपाध्यक्षमा मीना ,सचिवमा मधुमाया,सहसचिवमा पियारी र कोषाध्यक्षमा सावित्री रानाभाट चयन हुनुभएको छ । समितिका सदस्यहरुमा कृष्णा,मीना,मधुमाया,ज्ञानु,याम माया,अम्बिका,रिखा,दिलमाया,रीमा र तिला रानाभाट रहनुभएको छ ।
यसैबिच,आज नै सम्पन्न निर्मल रानाभाट श्रृजनशील समाजको अधिवेशनबाट अध्यक्षमा पुनः सुवेदार बलबहादुर रानाभाट चयन हुनुभएको छ । अधिवेशनबाट उपाध्यक्षमा रामभक्त,सचिवमा बेल बहादुर र कोषाध्यक्षमा विनोद रानाभाट चयन हुनुभएको छ । समाजका सदस्यहरुमा उत्तम,बलबहादुर,वासुदेव,मीना,कृष्णा,उर्मिला,तीर्थराज,मनराज र ज्ञानु रानाभाट रहनुभएको छ ।
कार्यक्रममा बोल्दै रानाभाट सेवा समाजका केन्द्रिय सदस्य श्रीप्रसाद रानाभाट,जिल्ला अध्यक्ष ईश्वर रानाभाट,निवर्तमान अध्यक्ष मुरारी रानाभाट र क्षेत्रीय सदस्य सुरज रानाभाट लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा रानाभाटहरुबाट एसएलसीमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थिहरुलाई सम्मानित गरिएको थियो ।