Responsive Ad Slot

latest

बेचबिखनविरुद्धको विषय समेट्दै बेश्यावृत्तिका विरुद्धमा चलचित्र तडप I

Monday, March 19

/ by Admin BHOLA THAPA
सुमन बैरागी
कठमान्डौ ६ चैत । भनिन्छ चलचित्र मनोरञ्जनका माध्यमले सामाजिक जागरण दिनका लागि पनि प्रभावकारी हुन्छ । यसैले होला मुख्यतया चेलीबेटी बेचबिखनविरुद्धको विषय समेट्दै बेश्यावृत्तिका विरुद्धमा चलचित्र तडप निर्माण गरिएको छ ।

चलचित्रमै नवप्रस्तुतिको रुपमा प्रवेश गरेकी पनाह अधिकारीले यसको गीत एवं स्क्रिप्ट लेखेकी छिन् भने चलचित्रको निर्देशन भने राज बस्न्यातले गरेका छन् ।
गत शुक्रबारदेखि उपत्यकाबाहिरबाट प्रदर्शनमा आएको चलचित्र तडपमा राजेश हमाल, दिलिप रायमाझी, झरना थापा, रवि गिरी, मोहन मिश्र, नवीन श्रेष्ठ आदि लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

जीवन थापाको प्रस्तुतिमा विवेक थापा र आयुषमान बस्न्यात निर्माता रहेको चलचित्र तडपको संगीत जन्म राईले दिएका छन् । प्रदीप श्रेष्ठ र दिनेश अधिकारीको नृत्य निर्देशनमा देव महर्जनको द्वन्द्व एवं देवेन्द्र गिरीको छायाँकन तडपमा रहेको छ । उपत्यका बाहिरबाट आशालाग्दो रुपमा प्रदर्शनमा आएको यो चलचित्रप्रति निर्देशक राज बस्न्यात चलचित्रको व्यापारबाट सन्तुष्ट रहेको बताउँछन् ।




Don't Miss
© all rights reserved
made with by netKUTI