दिननाथ बराल
पोखरा,१० चैत्र/ पोखराको प्रस्याङमा धोध्द्रो लागेका रुख हल्का हावाको चापले ढल्न पुग्दा सडकमै मोटरर्साईकलमा गुड्दै गरेका एक चालक रुखले थिचिएर र्घाईते हुनु भएको छ । पोखरा मिरुवा स्थीत ज्ञानुबाबा आवासिय उच्च माविका शिक्षक तथा पुर्व राष्ट्रिय भलिवल खेलाडी समेत रहनु भएका योगेन्द्र बस्नेत आज दिउँसो राष्ट्रबकैङ चोकदेखि बिद्यालयतर्फआउने क्रममा प्रर्स्यामा धोध्द्रो लागेको वरको रुख ढल्न पुग्दा रुखले थिचिएर र्घाईते हुनु भएको हो । र्घाईते हुनु भएका बस्नेतको हाल चरक अस्पतालमा उपचार भईरहेको बिद्यालयका सस्थापक कृष्ण गुरुङले बताउनु भयो । खुट्टामा तथा कोखमा चोट लागेको र्घाईते शिक्षक खतराबाट मुक्क्त भएको अस्पतालले जनाएको छ ।
रुखले मोटरर्साईकल सहित थिचिन पुग्दा स्थानीय बासिहरुहरुले हार गुहार गर्दै थिचिएको रुखबाट वस्नेतलाई उद्धार गरेको स्थानीय बासि सिताराम कडेलले बताउनु भयो । र्घाईते हुनु भएका शिक्षकको ज्ञानुबाबा आवासिय उच्च माविले शिर्घस्वास्थ्य लाभको कामना समेत गरेको छ । धेरै समय अघिदेखि नपरपालीकालाई धोध्द्रा लागेका रुखहरु काट्न आग्रह गर्दा सेमत कुनै सुनुवाई भएको भन्दै स्थानीय बासिहरुले मोटरर्साईकल चालक र्घाईते भएकोमा यसको सम्पुर्ण जिम्मेवारी लिनु पर्ने जोडदार माग राखेका छन । स्थानीय बासि सिताराम कडेलले आफुहरुले सडक छेउछाउका धोध्द्रा लागेका रुखहरु काट्न नगरपालीकालाई आग्रह गर्दा समेत कुनै सुनुवाई नगर्दा सडकमै गुड्दै गरेका चालक र्घाईते हुन पुगेकोमा दुखः ब्यत्त गर्नू भएको छ । उहाँले धोध्द्रा रुखहरु तत्काल काट्नु पर्ने बताउनु भएको छ ।
पोखरा प्रस्याङ क्षेत्रमा धोध्द्रा लागेका शिक्षकलाई दुर्घटनामा पारेका वरको रुखसंगै रहेको अर्को पिपलको रुख समेत जिर्ण अवस्थामा रहेकोले पुन अर्को दुर्घटना हुन सक्ने खतरा रहेको छ । त्यसै गरी प्रस्याङमा चिल्ड्रेनपार्क नजिकैको आपको रुख तथा प्रेम चापागाइको घर नजिकै समेत जोखिमपुर्ण अबस्थामा रुखहरु भएको स्थानीय बासिहरुले बताएका छन । वर पिपलको भित्रि आत कमजोर भएका तथा बाहिरि रुपमा अन्य रुखहरु पलायका कारण यस्ता प्रकारका पोखराका बिभिन्न क्षेत्रमा रहेका बुढा रुखहरुको काटछाट तत्काल गर्नू पर्ने अन्यथा मानिसहरुको ज्यान समेत जान सक्ने स्थनीय बासिहरु बताएका छन ।