Responsive Ad Slot

latest

लागु औषध सहित अन्तराष्ट्रिय गिरोह पक्राउ I

Thursday, March 29

/ by Admin BHOLA THAPA
कपिल ज्ञवाली
बुटवल १६  चैत्र - रुपन्देहीको बुटवल प्रहरीले नेपालमै ठुलो परिमाणमा लागु औषध र त्यसमा संलग्न अन्तराष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ । नेपाल हुदै भारत तथा तेस्रो मुलुकसम्म यसको कारोवार गर्दै आएको सो समुह २४ किलोभन्दा बढी सेतो हिरोहिनसहित प्रहरीको फन्दामा परेको छ । पक्राउ परेको हिरोइनको बजार मुल्य करिव ७ करोड भन्दा बढी रहेको रुपन्देही प्रहरीको दावी छ । भारत र तेस्रो मुलुकसम्म यसको कारोवारमा संलग्न सो समुहलाई प्रहरीले भारतीय नम्बर प्लेटको गाडीसहित पक्राउ गरी बुधवार बुटवलमा सार्वजनिक गरेको हो ।

केही समय अघि बुटवलको नयागाउमा प्रहरीले चेकजाचका क्रममा भारतिय नम्बरको सेन्ट्रो कार नियन्त्रणमा लिएको प्रहरीले कार धनीले गरेका गतीबिधी संकास्पद लागेपछि थप अनुसंधान गरेको बताएको छ । प्रहरीले भारतिय एच आर ०५ एल ९४०० नं. को सेन्ट्रो कारको चारै ढोका तथा पछाडीको डिक्की खोल्ने ढोकाको विच भागमा लुकाएको अवस्थामा सो परिमाणको लागु औषध बरामद गरेको थियो । गाडिबाट ५ सय र १ हजार दरका २ लाख ३४ हजार ५ सय भारतिय रुपैया र मोबाईलमा लाग्ने १२ सय पिस मेमोरी कार्ड समेत बरामद गरेको थियो ।

अबैध भारतीगय नोटको कारोवार गरेको र भन्सार छली मेमोरी कार्ड को कारोवार गरेको कसुरमा कार धनीलाई कार्वाही प्रकृर्या अगाडि बढाएको जनाउदै दुवै कसुरमा धरौटीमा छुटेपछि कार धनिले कार छुटाउन गरेको गतिविधी संका लागेको प्रहरीले बताएको छ ।

अञ्चल प्रहरी प्रमुख बम बहादुर भण्डारीले कार धनिले कारको मुल्यभन्दा बढी आर्थिक प्रलोभन देखाए पछि प्रहरीले कारका फलस बटम खोलेर हेरेको बताउनु भयो ।

प्रहरीले कारका ढोका र डिक्कीका प्याड हेर्दा ठुलो परिमाणमा लागु औषध फेला परेको उहाले जानकारी दिनु भयो । प्रहरीले २४ किलो परिमाणमा बहुमुल्य मानिने सेतो चरेस र अन्य केहि तौलको कालो चरेस भेटिएपछि त्यसका कारोवारीको खोजि सुरु गरेको प्रहरीले जानकारी दियो ।

प्रहरीले लागु ओैषधको कारोवारमा संलग्न मुख्य नाइके भारतीय नागरिक जसमिर सिंह, बाग्लुङका धन बहादुर अर्गेजा र ढालबहादुर घर्ति, म्याग्दीका तमबहादुर पुन, बाग्लुङका विवेक घर्ती, दीपेन घर्ती, रणबहादुर बुढालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई प्रहरीको अनुरोधमा जिल्ला अदालत रुपन्देहीले थप अनुसंधानका लागी म्याद थप गरको  छ । 

कारोवारीहरुलाई प्रहरीले नेपाल लगायत भारतका बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले लामो समयदेखि म्याग्दी, वाग्लुङ, रोल्पा तथा रुकुमका विभिन्न गाउंहरुबाट चरेश संकलन गरि बुटवल हुंदै भारत लैजाने गरेको प्रँरम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।




Don't Miss
© all rights reserved
made with by netKUTI