घनश्याम पराजुली (कृष्ण),
दोहा ¬–कतार ११ मार्च २०१२ । समाजका अध्यक्ष टुकराज अर्यालले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष राजेशदर्शन अर्याल रहनुभएको थियो भने विशेष अतिथिहरुमा समाजका प्रमुख सल्लाहकार तथा गैर आवासिय नेपाली संघका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट ,सल्लाहकार तथा राजधानी साप्ताहिकका सम्पादक दिपक पौडेल,विषेश व्यक्तित्व इन्द्रदेव पाण्डे रहनुभएको थियो ।
त्यसैगरी अतिथिहरुमा स्याङ्गजा सहयोग समाज इकाइ समितिका अध्यक्ष तथा प्रतिनिधिहरु , स्याङ्गजाकि चेलि प्रेमा कुमारि कडेल,समाजसेवि दिल थापा , दिल गोदार , प्रताव ढुङ्गाना ,भेषराज पराजुली , विभिन्न संघ सस्थाका प्रतिनिधिहरु , बुद्घिजिवि,समाजसेवि र पत्रकारहरु रहनुभएको थियो ।
बृहत रुपमा स्याङ्गजावासिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहिदहरुको सम्झानामा एक मिनेट मौन धारण, प्रमुख अतिथिबाट दिप प्रज्वलन गरि नेपाली राष्ट्रियगान सँगै उद्घाटन गरिएको कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य स्याससका केन्द्रिय सदस्य बेद प्रसाद पाठक(बद्रि) ले राख्नुभएको थियो । संस्थाका प्रथम उपाध्यक्ष रामु बस्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सम्पुर्ण इकाइको तर्फबाट रापाकोट इकाइ समितिका अध्यक्ष नारायण काफ्लेले स्याससको हरेक क्रियाकलापमा एकजुट भएर अघाडि बढ्नु पर्ने जनाउदै हरेक सामाजिक काममा पछि नहट्ने प्रतिब्धता जनाउनु भयो ।स्याङ्गजा सहयोग समाज दोहा कतारको सातौ बार्षिकोत्सवमा प्रमुख अतिथि,संस्थाका अध्यक्ष साथै बिषेश अतिथिहरुद्घारा केक काटि हर्षउल्लासका साथ कार्यक्रमलाई अघाडि बढाइएको थियो ।
संस्थाका वर्तमान अध्यक्ष टुकराज अर्यालले सम्पुर्ण स्याङ्गजावासि दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकजुट भई हरेक सामाजिक कार्यमा साथ दिनुहुन अनुरोध गर्दै प्रवासमा हाम्रो आवाज सामाजिक रुपान्तरणका लागि प्रयास २०१२ को भावि कार्य योजना प्रस्तुत गर्दै स्याङ्गजा जिल्लाको पृष्ठभुमि,कार्यक्रमका उद्देश्यहरु ,संचालनका लागि प्रस्तावित कार्यक्रमहरु, विभिन्न क्षेत्रको लागि कतारि रियाल १२ लाख भन्दा बढिको आर्थिक वित्तिय योजना ,कार्यक्रम सञ्चालनको रणनीति,कार्यक्रमको मुल्याङ्कन प्रक्रिया ,सहयोग तथा पृष्ठपोषणको अपेक्षा साथै कार्यक्रमको निष्र्कष बारे स्पष्ट पार्नु भएको थियो । त्यसैगरि विषेश अतिथि इन्द्रदेव पाण्डेले स्याङ्गजा सहयोग समाज सात बर्ष पुगेकोमा बधाई तथा भविश्यमा सामाजिक क्षेत्रमा यसैगरि अघाडि बढ्नका लागि शुभकामना दिनुभएको थियो । अर्का विशेष अतिथि राजधानी साप्ताहिकका सम्पादक तथा सस्थाका सललाहकार दिपक पौडेलले स्यासस सामाजिक क्षेत्रमा धेरै नै अघाडि रहेको र सहकार्य गर्दै अघाडि बढ्ने बताउनु भयो ।
साथै संस्थामा विशेष योगदान गर्दै आउनुभएका व्यक्तित्वहरु सस्थाका संस्थापक अध्यक्ष राजेशदर्शन अर्याल,प्रमुख सल्लाहकार गुरुनारायण रानाभाट,विषेश व्यक्तित्व इन्द्रदेव पाण्डे, सल्लाहकार तथा पत्रकार दिपक पौडेललाई खादा,दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।
विशेष अतिथि तथा गैर आवासिय नेपाली संघका प्रथम उपाध्यक्षले सामाजिक क्षेत्रमा विगतका दिनहरुमा स्याससले अतुलनिय योगदान गरेको र यसलाई बचाइ राख्न , सबैको सल्लाह सुझाव तथा सहयोगले मात्र अध्यक्ष ज्युले प्रस्तुत गरेको भावी कार्ययोजना सफल हुने बताउदै स्याससको सदस्यता लिन कोहि पनि नहिचकिचाउन आग्रह गर्नुभयो ।उक्त कार्यक्रममा राष्ट्रभाव झल्काउने गित “हे मेरा दाजुभाई नर्बिसनु विदेशि मुलुकमा नेपाली मायालाई ” प्रस्तुत गर्दै शिवराम ढकालले कार्यक्रमलाई मनोरन्जनात्मक बनाउनु भएको थियो भने स्याङ्गजाकि चेलि प्रेमा कुमारि कडेलले विदेशी मुलुकमा आफ्ना दाजुभाईहरुले गरेका सामाजिक क्रियाकलाप प्रति खुसि प्रकट गर्नुभएको थियो ।
उक्त कार्यक्रममा स्याससले २०६९ को क्यालेन्डर प्रस्तुत गरेको थियो भने प्रमुख अतिथि तथा संस्थाका संस्थापक अध्यक्ष राजेशदर्शन अर्यालले विगतमा संस्था स्थापना गर्दाका कठिनाई , संस्थाको पृष्ठभुमि र अहिले संस्थाले गरेका क्रियाकलापबारे जानकारि गराउदै भोलीका दिनहरुमा यसै गरि अघाडि बढ्न र पुर्ण सहयोग तथा समर्थन रहने कुरा जनाउदै यसरी नै सफल सामाजीक कार्यका लागि शुभकामना दिनुभयो ।
अन्त्यमा उक्त कार्यक्रमका सभापति टुकराज अर्यालले सम्पुर्ण इकाईका पदाधिकारिहरु,स्याङ्गजासँग आबद्घ अन्य सघं सस्थाहरु ,बुद्घिजिवि,समाजसेवि र पत्रकारहरु सगँ सदैव सहयोगको अपेक्षा गर्दै, यस कार्यक्रम भव्यताका साथ सफल बनाउनका लागि सहयोग गर्नुहुने कार्यसमितिका सम्पुर्ण पदाधिकारिहरु तथा अन्य माहानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।