Responsive Ad Slot

latest

उच्छृङ्खल गतिविधि गर्ने एक सय जना काठमाडौंमा पक्राउ I

Wednesday, March 7

/ by Admin BHOLA THAPA
काठमान्डौ २४ फागुन ।
होलीमा जथाभावी लोला हान्ने र उच्छृङ्खल गतिविधि गर्ने एक सय जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । पक्राउ परेकामध्ये १६ बर्ष मुनिका ७५ जनालाई अभिभावकको जिम्मा लगाइएको छ । बाँकीलाई कस्तो प्रकारको कारबाही गर्ने भन्ने विषयमा छलफल गर्न आज जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको काठमाडौं प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

जवर्जस्ती कसैलाई रंग दलेको र लोला हानेको पाइएमा सार्बजनिक अपराध अन्तर्गतको मुद्दा चलाइने प्रहरीले बताएको छ । होलीमा हुने विभिन्न खालका उच्छृङ्खल गतिविधि र दुर्घटना रोक्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । साथै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेहरुमाथी पनि कडा कारबाही गर्ने प्रहरीको भनाई छ ।

यस्तै होलीको बेला हुन सक्ने ट्राफिक नियम उल्लंघनका घटना रोक्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मोबाइल टोली र चेकजाँच गर्ने टोली परिचालन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।सिआईएन
Don't Miss
© all rights reserved
made with by netKUTI