नारायण सापकोटा चितवन २९ फागुन ।
३ अर्ब, ३० करोड ७४ हजार आर्थिकबर्षको बजेट पारित गर्दै जिल्ला विकास समिति चितवनको पाचौ जिल्ला परिषद सकिएको छ । जिल्ला विकास समितिको सभाहलमा आज विहान भएको परिषदमा गत आर्थिक बर्षभन्दा ८ करोड रकम कम विनियोजन गर्दै बजेट पारित गरेको हो । गत वर्ष ३ अरब ३८ करोड रकम विनियोजन गरिएको थियो । अघिल्लो बर्Èहरुमा खेलकुद र सीटिइभीटीका लागि पनि बजेट छुट्याइएपनि कार्यक्रमका लागि बजेट नआउने भएर ती बिÈयका योजना नै हटाइएको स्थानीय विकास अधिकारी उद्धवप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो । यसबर्Èको प्रस्तुत बजेटमा राजस्व पनि केही घटेको छ । गत बर्Èहरुमा लगाइने फलफुल र तरकारीहरुमा कर छुट गरेकाले राजस्व घटेको बताइएको छ । जसमध्ये १ अर्ब ३९ करोड ४६ लाख प्रसासनिक खर्च तर्फ एवं १ अर्ब ९० करोड ७२ लाख ७४ हजार पुंजीगत खर्चका लागी छुट्याईएको छ । सार्बजनिक गरिएको बजेटमा बालबालीकाका लागी १५ प्रतिशत , आदीबासी जनजाती दलित मुस्लीम , भिन्न Ôमता भएका लगायतलाई १५ प्रतिशत एवं महिलाका लागि १० प्रतिशत बजेट बिनियोजन गरिएको छ ।
कृÈि , ग्रामीण्ँ सडक बिस्तार , पर्यटन लगायतमा बजेट केन्द्रीत गरिएको छ । यसैगरि भण्डार मलेखु सडकका लागी १ करोड, दाहखानी – गण्ँेशस्थान सडकका लागी १ करोड , बिरेन्द्रनगर देबीटार कुसुमभञ्याङग सडकका लागी १ करोड र देबीटार कुसुमटार सडकका लागी पनि १ करोडको बजेट बिनियोजन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गण्ँेशराज कार्कीको प्रमुख आतीथ्यमा बसेको परिÈद बैठकले राज्य पुनसंरचना उच्च स्तरीय सुझाब आयोगको प्रतिबेदन प्रति गम्भिर ध्यानाकर्Èण्ँ भएको जनाएको छ ।
यस आर्थिक वर्षमा पहाडी क्षेत्रमा बाटो निर्माणका लागि प्रस्ताव गर्ने, ठोरी भन्सारलाई राष्ट्रिय स्तरको भन्सार नाका बनाउनुपर्ने, रि·रोड निर्माण लगायतका नया“ कार्यक्रमहरु प्रस्ताव गरिएको छ ।
आजै सम्पन्न परिषदले चितवनलाई पूर्ण सरसफाई जिल्ला बनाउन तीनवर्षै योजना समेत प्रस्ताव गरिएको परिषस सकिएपछि आयोजित पत्रकार सम्मेलनमा स्थानीय विकास अधिकारी उद्धवप्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो ।
परिषदले अन्य आर्थिक वर्ष जस्तै आदिवासी जनजाति, दलित, मुस्लीम, एवम पछाडी पारिएका समुदायको विकासका लागि विभिन्न किसिमको आर्यआर्जनका कार्यक्रम गर्ने प्रस्ताव गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की प्रमुख अतिथि रहनुभएको परिषदमा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले सामाजिक विकासमा सबैभन्दा जोड दिनुपर्ने बताउनुभयो । परिषद स्थानीय विकास अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।