Responsive Ad Slot

latest

नेप्रभुसेस कतारका निबर्तमान अध्याक्ष टंक भुजेललाई बिदाई I

Sunday, March 25

/ by Admin BHOLA THAPA
दोहा २५ मार्च । नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारद्धारा नेपाल प्रवासी भुजेल सेवा समाज कतारका निबर्तमान अध्यक्ष टंक भुजेललाई एक समारोहका साथ विदाई कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो कतार बसाई अवधी पुरा गरि नफर्किने गरि स्वदेश फिर्न लाग्नु भएको हुदा गत बुधबार २१ मार्च २०१२ का दिन दोहाको नेश्नल स्थित हिमालय रेष्टुरेण्टको सभा हलमा भब्यताका साथ बिदाई कार्यव्रmम सम्पन्न गरियो ।


नेपाल प्रवासी आदिबासी जनजाति महासंघका कतारका अध्यक्ष श्री एम.बि.साँवा लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यव्रmममा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष तथा महासंघ कतारका प्रमुख सल्लाहकार अमृत गुरुङ, बिशेष सल्लाहकार दिल किरण खजुम त्यसै गरि महासंघमा आवद्ध मातृ संस्थाका प्रमुखहरु तथा प्रतिनिधीहरुमा व्रmमशः किरात थाक्थुङ चुम्लुङ, कतारका अध्यक्ष लोकेन्द्र कुमार तुम्रोक, किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष चन्द्रसेर राई, तमु बौध्द सेवा समिति, कतारका अध्यक्ष बिमल तमु, नेपाल प्रवासी मगर संघ, कतारका सचिव सरण थापा मगर, नेपाल दराई प्रवासी सेवा समाजका अध्यक्ष देब नारायण दराई, थारु कल्याणकारी सभा कतार च्याप्टरका प्रतिनिधी भगवती चौधरी, नेपाल प्रवासी भुजेल सेवा समाजका अध्यक्ष हेमेन्द्र खवास र महासंघका संघिय परिषद सदस्य श्री कृष्ण गुरुङ लगायत उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । 


अध्यक्ष एम.बि. साँवा लिम्बुले टंक भुजेललाई खादा ओढाई सम्मान गर्नु भएको थियो त्यसै गरि आदिबासी जनजातिहरुको चलन अनुसार महासंघका बिशेष सल्लाहकार दिल किरण खजुम द्धारा शिरमा फेटा बाँधी दिएर सम्मान गर्नु भएको थियो भने गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष तथा महासंघका प्रमुख सल्लाहकार अमृत गुरुङले सम्मान पत्र प्रदान गर्नु भएको थियो । सो अवसरमा नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारमा आवद्ध संगठन सदस्य वा मातृ संस्था नेपाल दराई प्रवासी समाज कतार, लामो समय देखि निस्कृय रपमा रहेको थियो सो संस्थालाई पुनर्गठन गर्दै देब नारायण दराईको अध्यक्षतामा गठित समितिलाई समेत महासंघ लगायत महासंघमा आवद्ध मातृ संस्थाहरुबाट खादा पहि¥याई हार्दिक बधाई तथा शुभ कामना दिईएको थियो । 

उक्त कार्यव्रmममा बिशेष सल्लाहकार श्री दिल किरण खजुमले, टंक भुजेलले कतारको भुमिमा भुजेल सेवा समाजको सिलान्यास गरेर जानु भएकोमा धन्यबाद ज्ञापन गर्दै कतारको माहोलमा आदिबासी जनजातिहरुको एकतामा एउटा ईटा थपेर जानु भएको बताउँनु भयो । अव वन्ने संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित हुनु पर्ने कुरामा जोड दिदैं नेपालमा गएर पनि त्यस कार्यमा निरन्तरता दिन सुझाव दिनु भयो ।

विदाई मन्तव्य दिदैं श्री टंक भुजेलले महासंघमा काम गर्ने अवसरलाई एउटा पाठशालाको रुपमा संज्ञा दिदैं यसले दिएको पाठले सिङ्गो आदिवासी जनजातिहरुको हितमा कोशे ढुंगा हुने विचार स्पष्ट पार्दै महासंघले आफुलाई सम्मान गरेर ऋणि भएको महशुस गर्दै स्वदेशमा गएर पनि जनजातिहरुको हक, हित र अधिकार स्थापित गर्ने कार्यमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष तथा महासंघका प्रमुख सल्लाहकार श्री अमृत गुरुङले थप्नु भयो वहाँले छोटो समयमा समाज सेवामा आफूलाई स्थापित गर्नु भएको कुरा स्मरण गर्दै भुजेल सेवा समाज र आदिबासी जनजातिहरुको लागि एउटा महत्वपूर्ण कार्य गरेर स्वदेश जादै हुनु भएकोले यस कार्यलाई नेपालमा गएर पनि निरन्तरता दिन आग्रह गर्नु भयो । 

र अन्तमा महासंघका अध्यक्ष श्री एम.बि.साँवा लिम्बुले जिवनको हरेक उकाली–ओराली, आरोह–अवरोहलाई स्वीकार्नु पर्छ, मिलन पछि बिछोड अवश्य हुन्छ नै यसमा दुःख मान्न नहुने बताउनु भयो र अब भरसक हामी सबैले कर्म भुमीको बसाईलाई छोटयाउदै जन्म भुमिको लागि समय खर्चिनु पर्ने आवश्यकता भएको र आज टंक जी समयमै स्वदेश फिर्दै गर्नु भएकोमा खुशि ब्यक्त गर्नु भयो । 


यहाँले भुजेल सेवा समाजको संस्थापक अध्यक्षको रुपमा रहेर काम गर्दा नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारको संगठन सदस्यता लिन खेल्नु भएको भुमिकाको सह्राना गर्दै वहाँको यस योगदानको उच्च सम्मान गरेको बताउँनु भयो र भविष्यमा नेपालमा पनि नेपाल भुजेल सेवा समाज तथा नेपाल अदिबासी जनजाति महासंघ, नेपालमा आवद्ध भई सकृय रुपमा आफ्नो समुदायको हक अधिकार प्राप्तिको लागि डटेर लाग्न आग्रह गर्नु भयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI