नारायण सापकोटा
चितबन , २० फागुन ।
अनमिनको प्रमाणिकरण बाट बाहिरिएका माओबादीका पुर्व लडाकुहरुले भोली गर्ने भनिएको नेपाल बन्द फिर्ता भएको छ । बन्दले नकरात्मक प्रभाब पर्ने र एमालेले गर्न लागेको राष्ट्रिय प्रतिनिधि परिषदको बैठकलाइ मध्यनजर गर्दै बन्द फिर्ता लिइएको बर्हिगमित जनसेना सघर्ष समितिका महासचिब कृष्ण दंगालले जानकारी दिनुभयो ।
उहा“ले छैटो राष्ट्रिय खेलकुदको फाइनल चरणका खेल र खेलाडीहरु पनि घर घरमा फर्कनुपर्ने भएकोले बन्द फिर्ता लिइएको जानकारी दिनुभयो । भाबी कार्यक्रमका बारे के गर्ने भन्ने बारे भोली नै केन्द्रिय समितीको बैठक बसेर निर्णय गरीेने उहा“ले बताउनुभयो । यसैबिच, बर्हिमन लडाकु संर्घष समितीका उपाध्यक्ष लेलिन बिस्टले सगठनले कुनै पनि बन्दका कार्यक्रम नराखेको सञ्चारमाध्यमहरुलाई जानकारी दिएको छ । संर्घष समितीका अध्यक्ष भनिएका सागर लिम्बुलाई कारर्बाही गरीएको र उनले भुमिगत सगठन संचालन गरेको बताउदै सगठनले उनलाई पक्राउ गर्न प्रहरी समक्ष अनुरोध पनि गरीएको बताउनुभयो ।
यसअधि हिजो असन्तुष्ट पुर्व लडाकुहरुले चितवनमा पत्रकार सम्मेलन गरि बन्द गर्ने बताएका थिए ।