नारायण सापकोटा
चितबन ( भरतपुर) ४ चैत । क्षेत्री जातिलाई आदीवासीमा समावेश नगरे बैशाख २ गते देखी सम्पुर्ण क्षेत्रीलाई सडकमा आन्दोलनका लागि उत्तार्ने चेतावनी दिनुभएको छ । क्षेत्री समाज चितवनको आज भरतपुरमा भएको अधिवेशनलाई सम्बोधन गर्दे उहांले यस्तो बताउनुभएको हो । क्षेत्रीको अस्तित्व संकटमा पर्दे गएको बताउंदै उहांले सरकारले क्षेत्रीको अस्तित्व मेटाउने प्रयास गरे आन्दोलनको सुनामी ल्याउने चेतावनी दिनुभएको हो ।
जातिय राज्यको धोर बिरोध गर्दे समाजका अध्यक्ष क्षेत्रीले देशलाई जातिथय आधारमा बिभाजन गर्नुभित्र राजनैतिक स्वार्थ लुकेको टिप्पणी गर्नुभयो ।हामीलाई नेपाल पुरै क्षेत्री जाति भनेर दिएपनि मान्य छैन उहांले भन्नुभयो क्षेत्री जाति अखण्ड नेपाल चाहन्छ । आवाज उहांले क्षेत्रीको जनसंख्या बहुमतमा भएकाले क्षेत्री जातिलाई अर्काे दल बनेर संर्घष गर्न बाध्य नबनाउन समेत राजनैतिक दलहरुलाई चेतावनी दिनुभएको छ ।
क्षेत्रीको मत तिन ठुला दलको मत भन्दा ठुलो छ उहांले भन्नुभयो ।उहांले भाषाका आधारमा नेपाली र मैथीली,धर्मका आधारमा हिन्दु र बौद्धिष्ट र जातका आधारमा खसान र क्षेत्री भन्दा अन्य बन्न नसक्ने भन्दै १ सय १ जातिको बसोबास भएको नेपालमा जातिय आधार बिभाजन गर्नु देशका लागि दुर्भाग्य हुने जिकीर गर्नुभयो ।
उहांले देशलँई भुगोल र प्राकृतिक सम्पदाका आधारमा पुर्नसंरचना गर्नुपर्ने बताउंदै आफुहरुले ५ वटा प्रदेशको प्रस्ताव गरिएको जानकारी दिनुभयो ।जातिय आधारमा राज्यको बिभाजन भए नेपाली भित्रै द्धन्द्धको सृजना हुने उहांको भनाई छ । उहांले भन्नुभयो हाम्रो सन्तानहरु हरु किताब कलम हैन बन्दुक राखेर सुत्ने दिन अब धैरै टाढा छैन ।