Responsive Ad Slot

latest

शान्ती प्रकृया टुङ्गोमा नपुग्दासम्म संविद्यान निर्माण हुन सक्दैन : भण्डारी I

Monday, March 5

/ by Samsung

 शंकर भण्डारी नेपाली काङ्ग्रेसका एक प्रभावशाली यूवा नेता हुनुहुन्छ । गृह जिल्ला तनहुँमा आएका बेला दिपेन्द्र पौडेल ले होटल श्रेया एण्ड गेष्टहाउसमा  शंकर भण्डारी सगँ तनहुँ खबर  डट कम को लागि  गरिएको संक्षिप्त कुराकानी ।
बाह्रौ अधिवेशन पछि नेपाली काङ्ग्रेस कसरी अगाडी बढिरहेको छ ?
निस्चित रुपमा अहिले नेपाली काङ्ग्रेस एकदमै जवाफदेयी जिम्वेवार र अत्यान्त गम्भिर भएर राष्ट्रिय राजनितीमा आफ्नो भुमीका पार्टीमा आन्तरिक कामी कम्जोरीलाई अत्यान्त गम्भिर तरिकाले लिएर अगाडी बढिरहेको छ ।
पछिल्लो समयमा खैरेनी दुलेगौडा तथा देश भरनै अन्य पार्टीवाट नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेहरुको लर्को लागेको छ यी र यस्ता कुराहरुलाई कसरी मिलाएर अगाडी बढाउदैहुनुहुन्छ ?
एक किसीमले यो पार्टिको जीवनमा अन्यान्त खुसीको कुरा हो, सवैभन्दा महत्वपुर्ण खुसीको कुरा के छ भने यसले के कुरालाई संकेत गर्छ भने नेपाली राजनितीमा नेपाली काङ्ग्रेस मात्र त्यस्तो पार्टी हो जस्ले बास्तवमा जनताको प्रतिनिधित्व गर्छ जुन पार्टीमा जनताको भरोसा र विस्वास छ त्यो चाहि पुस्टी , अहिलेको काङ्ग्रेस प्रतिको आकर्षणले पुस्टी गर्दछ ।
पछिल्लो समयमा पूर्व राजाले शान्ति र संविधान विरोधी काडा अभिव्याक्ति दिएका छन् त्यसलाई नेपाली काङ्ग्रेसले कसरी हेरेको छ ?
यो कुरा के छ भने बारम्बर रुपमा हाम्रो पार्टी नेपाली काङ्ग्रेस भन्दै आएको छ की लोकतन्त्रका सामू धेर्रै चुनौती र अप्ठ्याराहरु छन् । त्यसैले नेपाली काङ्ग्रेसले भन्दै आएको छ अस्तित्वमा रहेका राजनितीक दलहरुलाई आ–आफ्नो शैद्धान्तिक लक्ष्य र स्वार्थ भन्दा माथी उठेर राष्ट्रिय सहमती कायम गरौ र मुलुकका समस्या समाधान गरौँ भन्ने कुरामा जोड दिनुको कारण पनि यहि हो । किनकी लोकतन्त्रको पछाडी धेरै षड्यान्त्र हुन्छन् मानिसले मानिसहरुले आ–आफ्नो विचार राख्न सक्छन् । लोकतन्त्रमा व्यक्तिले आफ्नो कुरा राख्न पाउछन् । तर ती षड्यान्त्रलाई चिरेर लोकतन्त्रलाई स्थापित गर्नु अहिले प्रमुख दलहरुको प्रमुख दायित्व हो । त्यसै अर्थ नेपाली काङ्ग्रेसले सहमतीको अर्थ खोजीरहेको छ र सहमतिको विकल्प पनि छैन ।
तपाई नेपाली काङ्ग्रेस एक प्रभावशाली यूवा नेता पहि हुनुहुन्छ त्यस अर्थमा नेपाली काङ्ग्रेसले यूवा कार्यकताहरुलाई कसरी अगाडी बढाउदै छ ?
यहाँ नेर काङ्ग्रेसको कम्जोरी छ । बास्तवमा काङ्ग्रेस आवद्ध आस्थावान देशभरीका हिमाल पहाड मधेशका यूवाहरुलाई पार्टीको आन्तरिक जीवनमा ससक्त ढङ्गले उत्साहजनक तरिकावाट परिणाम मुखी तरिकाले परिचालन गर्न सकिरहेको छैन । यूवाहरुलाई आस्वस्थ र विस्वस्त पार्न सकिरहेको छैन । यो विषयमा पाट्री गम्विर भएर अगाडी बढ्नु पर्छ भनेर म लगायतका साथीहरु लागिरहेका छौँ ।
आकारको हिसावले दोश्रो ठुलो पाट्रि नेपाली काङ्ग्रेस सरकारको बिपक्षमा भए पनि शान्ति र संविधानको विरुद्धमा पक्कै पनि छैन होला । त्यस अर्थमा तपाईले पनि शान्ति र संविधानका जिम्मा हुनु पर्छ । शान्ति र संविधानको काम कहाँ पुगेको छ ?
यसमा सवै कुरा माओवादीको भुमीकामा निर्भर भैरहेको छ । शान्ति प्रकृयालाई नटुङ्ग्याई कन लोकतान्त्रिक संविधान, हामीले जन अपेक्षा जस्तो संविधान घोषणा गर्न सक्ने अवस्था छैन । शान्ति प्रकृया टुङ्ग्याउने प्रमुख दायित्व माओवादीलाइ नै रहेको छ । जब सम्म माओवादी आफूले गरेको प्रतिवद्धता , लिखित सम्झौता अनुसार उस्ले व्यवाहारिक रुपमा आफूलाई परिणत गदैन तब सम्म शान्ति प्रकृृया टुङ्गीदैन ।त्यसकारण माओवादीले चाहेमा शान्ति प्रकृया पनि टुङ्गीन्छ र संविधान पनि बन्छ । अन्यथा यी सम्पुर्ण कुराहरु पुरा नहुने अवस्था छ यसको जबाफदायित््व माओवादीले लिनु पर्छ र जनताले विस्वास पनि गर्न जरुरी छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI