Responsive Ad Slot

latest

गजल I

Monday, March 11

/ by Admin BHOLA THAPA
सागर
हाल : दोहा कतार

नजरैको निद खोसेर केहि था छैन भन्छ्यौ
दुइ मुटु एकै हुँदा नि माया ला छैन भन्छ्यौ


कल्पनामा डुबेको देख्छु एकान्त सुनसानमा
के भो भन्दा शिर झुकाई केहि भा छैन भन्छ्यौ

केहि भन्न खोजे झैँ गरि कपाउदै ति अधर
सँगै बाच्ने मर्ने कसम अन्तै खा छैन भन्छ्यौ

दिलको ढोका तिम्रो नै लागी खालि छ सँधैलाई
सागर जस्तै मनमा के छ हेर्न पा छैन भन्छ्यौ

Don't Miss
© all rights reserved
made with by netKUTI