- जिल्लामा ४९ केन्द्र रहने
-तयारी अन्तिम चरणमा,उत्तरपुस्तिका केन्द्रमै पुगे
-परिक्षा मर्यादित र शान्तिपूर्ण रहन्छ : जिशिअ राई
-तयारी अन्तिम चरणमा,उत्तरपुस्तिका केन्द्रमै पुगे
-परिक्षा मर्यादित र शान्तिपूर्ण रहन्छ : जिशिअ राई
कपिल ज्ञवाली
बुटवल, १ चैत । यसबर्षको प्रबेशिका परिक्षामा रुपन्देहीबाट १५ हजार ३ सय ६ जना बिद्यार्थीले सहभागिता जनाउदैछन् । गतबर्ष भन्दा बिद्यार्थी संख्या बढेकाले यसबर्ष १ केन्द्र थप गरि ४९ पु¥याईएको छ । नियमित तर्फ १३ हजार ९ सय ५५ र आंशिकतर्फ १ हजार ३ सय ५१ बिद्यार्थीले प्रबेशिका परिक्षा दिनेछन् । चैत ७ गतेदेखि सुरु हुने प्रवेशिका परिक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ । परिक्षा संचालनका लागि रुपन्देहीका ४९ केन्द्रमा नै उत्तरपुस्तिका पु¥याईसकिएको छ भने जिल्लाका सुरक्षा निकायमा रहेका पेपर पनि ५ गते भित्र नै सम्बन्धित केन्द्रहरुमा पु¥याउने जिल्ला शिक्षा अधिकारी झुम प्रसाद राईले बताउनुभयो । परिक्षामा २ सय ३० बिद्यालय मध्ये १ सय १५ सामुदायिक तथा १ सय १५ संस्थागतले सहभागिता जनाउनेछन् ।
जिल्लामा गत बर्ष भन्दा यसबर्ष १ हजार ५ सयले बिद्यार्थी संख्या बढेको छ ।जिल्लामा अहिले सम्म पशुपति उमाबि मधबलियामा अध्ययनरत २ जना अपाङ्गता भएका बिद्यार्थीले सहयोगि लेखकका लागि शिक्षा कार्यालयमा निबेदन दर्ता गरेको कार्यालयले जनाएको छ । रुपन्देहीका अन्य बिद्यालयमा पनि अपाङ्गता तथा दृष्टिबिहिन बिद्यार्थी भएकाले यो संख्या अझै बढ्ने कार्यालयको भनाई छ । परिक्षा अबधिभर केन्द्रको बरपर सुरक्षा अनुगमन तथा चेकजांच तिब्र पारिने जिल्ला शिक्षा अधिकारी राईको भनाई छ ।‘परिक्षा कडा हुनेछ’ राईले भन्नुभयो –“बिद्यार्थीले चिट चोर्न तथा जथाभाबी गर्न पाउने छैनन्,हामी त्यसका लागि निकै अहिले देखि नै सजग छौं ।”उहाका अनुसार परिक्षामा सहभागिता जनाउने बिद्यार्थीले कुनै किसिमको बहानामा अशान्ति तथा होहल्ला मच्चाउन पाउने छैनन् त्यस्तो पाईएमा उनिहरुलाई सिधैं कारबाहि प्रकृयामा लगिने छ ।
बिद्यँर्थी संख्या हेरेर आबश्यक केन्द्रहरुमा सह–केन्द्राध्यक्ष पनि राख्न सकिने शिक्षा कार्यालयले जनाएको छ । यसवर्È एसएलसी परीÔाका लागि आफू अध्ययनरत बिद्यालयबाट फाराम नभरी अन्य जिल्लाबाट फाराम भर्ने परीÔार्थीको परीÔा आवेदन रद्ध गरिएको छ । परीÔा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परीÔा एसएलसिका लागि मुलुकभर १ हजार ७ सय ४८ वटा परीÔा केन्द्र निर्धारण्ँ गरेको छ । मुलुकभरबाट नियमिततर्फ २ लाख ६४ हजार ५ सय २ जना र आंशिकतर्फ १ लाख २३ हजार ३ सय १० जना गरी कुल ३ लाख ८७ हजार ८ सय २२ जनाले सहभागिता जनाउदैछन् । परिक्षा नियन्त्रण केन्द्रले यसवर्È ७६ वटा बढी परीÔा केन्द्र निर्धारण्ँ गरेको छ ।