नारायण सापकोटा,
चितबन ,२७ फागुन। चितवनलाई कुनै पनि हालतमा टुक्रन नदिने मुख्य तिन ठुला दलका शिर्ष नेताहरुले प्रतिबद्धता जनाएका छन् । आज भरतपुरमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दे राज्य पुर्नसंरचना आयोगले चितवनलाई ४ टुक्रामा बिभाजन हुने गरी सरकारलाई बुझाएको प्रतिबेदन कार्यान्वन हुन नदिने प्रतिबद्धता जनाएका हुन ।
आमसभालाई सम्बोधन गर्न मुख्य दलका शिर्षनेताहरु चितवन आएका हुन । आमसभालाई सम्बोधन गर्दे प्रमुख अतिथी नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री झलनाथ खनालले चितवनबासीले उठाएको माग जायज भएको भन्दै यसमा नेकपा एमालेको पुर्ण समर्थन रहेको बताउनुभयो । उहांले बिखण्डीत चितवन नभई एकिकृत चितवनको माग न्यायोचित रहेको भन्दै माडी ठोरी तथा सुवर्णपुरबासीका माग प्रति पनि ऐक्यबद्धता जनाउनुभयो ।
उहांले आमसभामा सम्बोधन गर्ने नेताहरुको प्रतिबद्धतालाई उदृत गर्दे त्यसलाई पार्टिबाटै समर्थन हुने वाताबरण तयार पार्न अनुरोध गर्नुभयो । चितवनलाई भाबि नेपालको संज्ञा दिनुभएका एमाले अध्यक्ष खनालले यसको बिरुद्धमा जानेको औचित्य नहुंने समेत बताउनुभयो । बिखण्डीत चितवनको बिरुद्ध जानेलाई ९० मुरी फलामको चिउरा चपाए सरह हुनेछ उहांले भन्नुभयो ।
अध्यक्ष खनालले आयोगको सुझाव मान्नै पर्छ भन्ने नभएको बताउंदै असन्तुष्टिको अन्तिम निर्णय जनताको हातमा हुने समेत आश्वासन दिनुभयो ।,