Responsive Ad Slot

latest

नेपालको समया अनुसार ११:३० सम्माका ताजा १५ खबरहरु तनहुँ खबरको एउटै थलोमा I

Friday, March 23

/ by Admin BHOLA THAPA

1.श्रममन्त्री गिरी पदबाट बर्खास्त ।।

2.शान्ति प्रक्रियाले संविधानका मुद्दा अड्कीए ,उपसमितिको बैठक निस्कर्षविहीन ।।

3.संवैधानिक समितिको बैठक ।।

4.राज्यपुनर्संरचनाबारे सभामुखको छलफल ।।

5.वैद्यसमूहले मोर्चाको घोषणा गर्दै, चैत महिनाको दवाव कार्यक्रम आजै आउने ।।

6.जेठ १४ मा संविधान जारी गर्नुको विकल्प नभएको एमाले नेता गौतमको भनाइ ।।

7.छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जना घाइते ।।

8.सल्यानमा भएको दुर्घटनामा एमाले सल्यान अध्यक्ष घाइते ।।

9.ताप्लेजुङमा सहकारी स्थापनाहुने क्रम जारी ।।

10.ताप्लेजुङमा सहकारी स्थापनाको गर्ने क्रम बढ्दै गएको छ । सदरमुकाम फुङ्लिङ्गमा

11.रामेछापका विभिन्न १२ स्थानबाट कृत्रिम गर्भाधान ।।

12.नक्सा नपाउदा सर्वसाधारण मारमा ।।

13.प्रश्न बाहिरिएपछि शिक्षा कार्यालय तनावमा ।।

14.चीट चोराउने परीक्षा गार्ड निष्काशित ।।

15. खानेपानीका कर्मचारीले ११ महिनादेखि तलब पाएनन् ।।

श्रममन्त्री गिरी पदबाट बर्खास्त ।।

 काठमान्डौ १० चैत ।

प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले श्रममन्त्री सरिता गिरीलाई पदबाट बर्खास्त गर्नु भएको छ । बैदेशिक रोजगार बिभागका महानिर्दशक पूर्णन्द्र भट्टराईलाई हटाएकोभन्दै केही दिनअघि राजिनामा माग्नु भएका प्रधानमन्त्रीले श्रममन्त्री गिरीलाई आज पदबाट बर्खास्त गर्नु भएको हो । राजीनामा दिनुहोस भन्दा नदिएपछि आजबाट बर्खास्त गरिएको जानकारी गिरीलाई गराइएको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठले गिरीलाई पदबाट बर्खास्त गरिएको जानकारी दिनु भएको थियो । दुई दिनअघि आफ्नै कार्यालयमा बोलाएर प्रधानमन्त्रीले राजीनामा गर्न निर्देशन दिनु भएको थियो । गिरीलाई बर्खास्त गरिएपछि उहाँको ठाउँमा आजै राष्ट्रिय जनमुक्ति पार्टीका मालवरसिंह थापालाई नयाँ श्रममन्त्री नियुक्ति गर्न लागिएको छ ।
यसैबीच प्रधानमन्त्री भट्टराईले दुई राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नु भएको छ । मन्त्री र राज्यमन्त्रीवीच बिबाद भएका कारण मन्त्रालयको काममा असर परेपछि भूमिसुधार राज्यमन्त्री र पयर्टन राज्यमन्त्रीलाई सरुवा गरिएको छ । भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहलाई पयर्टन राज्यमन्त्रीमा र हाल पर्यटन राज्यमन्त्री रहेका दिलिप महर्जनलाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । सिआईएन


शान्ति प्रक्रियाले संविधानका मुद्दा अड्कीए ,उपसमितिको बैठक निस्कर्षविहीन ।।

काठमान्डौ १० चैत ।
शान्ति प्रक्रिया अन्तर्गतको सेना समायोजनमा सहमति हुन नसकेपछि त्यसको प्रभाव संविधान निर्माणमा देखिएको छ । संविधानसभाका विवाद मिलाउन बिहान बसेको विवाद समाधान उपसमितिको बैठकमा नेपाली कांग्रेसले शान्ति प्रक्रियाका विषयमा माओवादी ईमान्दार नभएको भन्दै संविधानका काम अघि बढ्न नसक्ने बताएको छ ।

कांग्रेसको विरोधपछि विवाद समाधान गरेर संविधान निर्माणको आधार तयार गर्न बसेको उपसमिति बैठक विना निस्कर्ष सकिएको छ । पूर्वनिर्धारित १० दिनको म्याद सकिन एक दिन मात्रै बाँकी रहँदा विवाद समाधान उपसमितिको बैठक म्याद थपेपछि पहिलो पटक बिहान बसेको हो । नेपाली कांग्रेसका सभासद रमेश लेखकले कांग्रेसले शान्ति प्रक्रियामा माओवादीले हिजो उदारो सहमति गरेकाले ठोस कार्ययोजना आएपछि मात्रै संविधानका विवाद समाधान गर्नुपर्ने राय राखेको बताउनुभयो ।

हिजो बसेको माओवादी लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको बैठकले माओवादी लडाकुको समायोजनको लागि कार्ययाजना पेस गर्न आफू मातहतको सचिवालयलाई निर्देशन दिएको थियो । सिआईएन

संवैधानिक समितिको बैठक ।।

काठमान्डौ १० चैत ।

विवाद समाधानको लागि उपसमितिलाई दिइएको १० दिनको समयमा कुनै उपलब्धी प्राप्त हुन नसकेपछि विवादित बुँदामा सहमति गर्न अपनाइने प्रक्रियाको बारेमा छलफल गर्न संवैधानिक समितिको बैठक आज बस्दैछ । संविधानसभाले संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन विवाद समाधान उपसमितिलाई कार्यव्यवस्था परामर्श समितिले १० दिनको समय उपलव्ध गराएको थियो ।

दिउँसो ३ बजे सिंहदरवारमा सुरु हुने बैठकमा थप गरिएको समयमा विवादित बुँदामा सहमति गर्न भएका प्रयास तथा आगामी प्रक्रियाको बारेमा छलफल हुनेछ । शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्यायप्रणाली लगायतका बिभिन्न ५ विषयमा दलहरुबीच मुख्य विवाद छ ।

राज्यपुनर्संरचनाबारे सभामुखको छलफल ।।

काठमान्डौ १० चैत ।

राज्यपुनर्संरचना सुझाव आयोगले पेस गरेको प्रतिवेदनको बारेमा सभामुख सुवास नेम्वाङ्ले आज आयोगका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ । सिंहदरमा अहिले केहीबेरमा सुरु हुने छलफलमा सुझाव आयोगले पेस गरेको प्रतवेदन र छलफल प्रक्रियाको बारेमा कुराकानी हुनेछ ।

यसअघि सभामुख नेम्वाङ् र प्रमुख दलका शीर्ष नेताहरुबीचको छलफलमा आयोगको प्रतिवेदनमाथिको छलफलको बारेमा सुझाव आयोगका पधाधिकारीसँग सल्लाह लिने सहमति भएको थियो । आयोगको तर्फबाट पेस भएका २ छुट्टाछुट्टै प्रतिवेदनमा ११ र ६ राज्यको अवधारणा प्रस्तुत गरिएको थियो ।

यसैबीच सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । पोखरा विमानस्थको स्तरबृद्विको लागि विदेशी कम्पनीसँग भएको सम्झौताको बारेमा जानकारी लिन अर्थमन्त्रालयका अधिकारीहरुलाई बैठकमा बोलाइएको समितिले जनाएको छ । सार्वजनिक लेखा समितिको बैठक पनि केहीबेरमा सिंहदरवारमा सुरु हुनेछ ।

वैद्यसमूहले मोर्चाको घोषणा गर्दै, चैत महिनाको दवाव कार्यक्रम आजै आउने ।।

काठमान्डौ १० चैत ।
एकीकृत नेकपा माओवादीको वैद्य समूहले जनसंविधानका लागि दवाव दिन भन्दै आज सामूहिक मोर्चाको घोषणा गर्ने भएको छ । हिजो छलफल गरेका साना वामदलहरुसँगको सहकार्यमा वैद्य समूहले जनसंविधानका लागि दवाव दिन भन्दै आज दिउँसो १२ बजे सयुक्त मोर्चाको घोषणा गर्ने छ ।

आज दिउँसो साना वामदलहरुको सहभागितामा पत्रकार सम्मेलन गरि दवाव मुलक कार्यक्रम सहित मोर्चाको घोषणा हुनेछ । एकीकृत नेकपा माओवादीले संविधानका विषबस्तुमा कांग्रेस र एमालेसँग सम्झौत गर्न लागेको निस्कर्ष निकालेको वैद्य समूहले संविधानका २० बुदे अन्र्तबस्तु सार्वजनिक गरेको छ ।

वैद्यसमूहले पहिलो एजेण्डा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको राजीनामा रहेपनि मोर्चाले संविधानका विषयबस्तुलाई अगाडी सारेर दवावका कार्यक्रम बाहिर ल्याउनेछ । मोर्चाको नाम र आन्दोलनका कार्यक्रमबारे अहिले बिहान टुङगो लाग्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार पहिलो चरणमा चैत महिनाभरीका कार्यक्रम ल्याउने र दोस्रोचरणमा बैषाख र जेठका कार्यक्रम ल्याउने तय भएको छ ।

जेठ १४ मा संविधान जारी गर्नुको विकल्प नभएको एमाले नेता गौतमको भनाइ ।।
दाङ १० चैत ।
नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेब गौतमले जुनसुकै हालतमा पनि जेठ १४ मा संविधान जारी गर्नुको विकल्प नभएको बताउनु भएको छ । माओवादी पार्टी सेना तथा हतियारबिहिन हुनुपर्नेमा जोड दिदै गौतमले पुनस्थापना र स्वच्छिक अवकास प्रक्रियालाई जतिसक्यो चाँडो टुङ्गो लगाउनु पर्ने बताउनुभयो ।

प्रेस चौतारी दाङले आज दाङको तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष गौतमले प्रमुख राजनीतिक पार्टी प्रतिबद्ध हुनुपर्ने धारणा राख्नुभयो । माओवादीले फैलाएको जातिय राज्यको चर्चाले अन्य पार्टीलाई असर पारे पनि बुहुजातिय, बहुभाषिक तथा बहुधार्मिक मुलुकमा जातिय राज्य हुनै नसक्ने उल्लेख गर्दै एमाले पर्टी जातिय राज्यको पक्षमा नभएको बताउनुभयो ।
छुट्टै प्रसंगमा बर्तमान सरकार सबैभन्दा भ्रष्टाचारको दलदलमा फसेको आरोप गौतमले लगाउनुभयो ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जना घाइते ।।
सुजीता न्यौपान मकवानपुर १० चैत ।
आज विहान हेटौंडामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । विहान रातोमाटेबाट हेटौंडातर्फ आउदैं गरेको ना १ ह ४७४ नम्बरको ट्याम्पो बे्रक फेल भइ पल्टिदा चालकसहित ६ जना घाइते भएका छन् । दुर्घटनामा चुरियामाई ३ बस्ने सानुमाया स्याङ्तान, सञ्चरीमाया थिङ, सिर्जना पाख्रिन,सन्तमाया सुनुवार , चुरियामाई ५ का हरि मोक्तान र चालक हेटौंडा ८ बस्ने खोमबहादुर श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै मोटरसाइकलले ठक्कर दिदाँ हेनपा १० बसपार्कका राजेश शाही घाइते हुनु भएको छ ।

सल्यानमा भएको दुर्घटनामा एमाले सल्यान अध्यक्ष घाइते ।।
सल्यान १० चैत ।
सल्यानमा गाडी र मोटरसाईकल एकआपसमा ठोकिदा २ जना घाईते भएका छन् । राप्ती लोकमार्गको सल्यान–दाङ्ग सडक खण्डको शंखमुल पिपलवोट नजिकै भएको दुर्घटनामा एमाले सल्यानका अध्यक्ष लोकवहादुर डाँगी र एकदेव शर्मा घाइते हुनु भएको हो ।

सल्यान खलंगावाट दाङ्ग जाँदै गरेको अनटेस्ट मोटरसाईकल र दाङ्गवाट सल्यान आउदै गरेको ना २ ख ५८४२ नम्वरको गाडी एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते दुवै जनाको सल्यानको श्रीनगरमा प्राथमिक उपचार पछि थप उपचारका लागी नेपालगंञ्ज रिफर गरिएको छ । घाईते मध्ये डाँगीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङमा सहकारी स्थापनाहुने क्रम जारी ।।
रविन भट्टराई, ताप्लेजुङ १० चैत ।
ताप्लेजुङमा सहकारी स्थापनाको गर्ने क्रम बढ्दै गएको छ । सदरमुकाम फुङ्लिङ्गमा
नागरीक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा आजबाट सुरु गरेको छ ।
ताप्लेजुङ जिल्लामा रहेका सहकारीमा बचत तथा ऋणको प्रभावकारीतामा टेवा पु¥याउने उद्वेश्यले सहकारी स्थापना गरेको जनाइएको छ ।

नागरिक वचत तथा ऋण सहकारीको निमित्त स्थानिय विकास अधिकारी खड्कराज राईले उद्धघाटन गर्नुभएको हो । आजदेखि नै सहकारी संस्थाले सेवा सुरु गर्ने संस्थाका अध्यक्ष सन्तोष खतिवडाले जानकारी बताउनुभयो । ताप्लेजुङमा सहकारीको संख्या ९६ पुगेको छ, भने बचत तथा ऋण सहकारीको संख्या यो सँगै ५ पुगेको छ ।

रामेछापका विभिन्न १२ स्थानबाट कृत्रिम गर्भाधान ।।
उमा केसी, रामेछाप १० चैत ।
पशु सेवा कार्यालय रामेछापले यस बर्षदेखि जिल्लाका विभिन्न १२ स्थानबाट कृत्रिम
गर्भाधान सेवा सुरु गरेको छ । चार बर्ष अगाडिबाट रामेछाप जिल्लामा सुरु भएको कृत्रिम गर्भाधान प्रति किसानहरुको आकर्षण बढ्दै जान थालेपछि कार्यालयले १२ वटा केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो । कार्यालयले यस बर्ष ८ वटा केन्द्र थप गरी १२ पु¥याएको हो ।
यस अगाडि ४ वटा मात्र केन्द्रहरु थिए । जिल्ला पशु सेवा कार्यालयले यसबर्ष जिल्लाका मन्थली, पकरबास, सालु, रामेछाप, तिल्पुङ, रस्नालु, चिसापानी र कठजोर गाउँ विकास समितिमा केन्द्र थप गरेको हो । यस बर्षमात्र जिल्लाका विभिन्न गाउँ विकास समितिमा गरी १ हजार ५१ वटा पशुमा कृत्रिम गर्भाधान गरिएको कार्यालयका प्रमुख डा.नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

नक्सा नपाउदा सर्वसाधारण मारमा ।।
इन्द्र बजगाई, ताप्लेजुङ १० चैत ।
जिल्ला नापी कार्यालय ताप्लेजुङमा एमोनिया रोल सकिएपछि सर्वसाधारणले जग्गा जमिनको नक्सा पाउन सकेका छैनन् । नक्सा उतार्न प्रयोग गरिने एमोनिया रोल सकिएकोले नक्सा उतार्ने काम प्रभावित भएको नापी कार्यालयका प्रमुख मानकुमार प्रधानले जानकारी दिनु भयो ।

एमोनिया रोल नेपालमा नपाइने र भारतबाट झिकाउनु पर्नेहुंदा आउन केही दिन समय लाग्ने बताइएको छ । नापी कार्यालयमा दैनिक जस्तो २० जनाको हाराहारीमा सर्वसाधारणहरु जग्गा जमिनको नक्सा लिन आउने गरेका छन ।

प्रश्न बाहिरिएपछि शिक्षा कार्यालय तनावमा ।।

सुमन सुस्केरा, कपिलवस्तु १० चैत ।
प्रश्नपत्र बाहिरिएको खबर सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीको टोली नै परीक्षा केन्द्रमा पुग्यो । कपिलबस्तुको एउटा परीक्षा केन्द्रबाट विद्यार्थीलाई उत्तरपुस्तिका बाँड्न नपाउँदै प्रश्नपत्र बाहिरिएको खवर बाहिर आएपछि खटिएको प्रमुख जिल्ला अधिकारीको टोलीले प्रश्न पत्र नबाहिएको बताएको छ ।

बिहान ८ बजे कपिलवस्तुको रत्नराज्यलक्षी उच्च मावि परीक्षा केन्द्रबाट आज प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएको खवर लगतै परीक्षा केन्द्रमा पुगेको प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा कार्यालय तथा अनुसन्धानको टोलीले उतरपुस्तीका तथा प्रश्न पत्र पुन ः रुजु गरेको र कुनै पनि प्रश्न पत्र नबाहिरिएको जिल्ला शिक्षा अधिकारीको भनाई छ ।

सहायक जिल्ला शिक्षा अधिकारी महेन्द्र श्रेष्ठले प्रश्नपत्र बाहिरिएको सूचना आएको आधारमा बिभिन्न फोटोकपी गर्ने स्थानहरुमा पुगेको तर कुनै त्यस्तो नभेटिएको बताउनुभयो ।

चीट चोराउने परीक्षा गार्ड निष्काशित ।।

उद्धवकुमार कार्की, रामेछाप १० चैत ।
रामेछापको शारदा उमावि गेलु परीक्षा केन्द्रबाट आज अमर्यादित कार्य गर्ने एक जना परीक्षा गार्डलाई निस्काशन गरिएको छ । आज अनिवार्य गणित विषयको परिक्षा चलिरहेको वेला परीक्षाहल बाहिरबाट चीट ल्याएर विद्यार्थीहरुलाई दिने र बाहिर लाने गरिरहेको अवस्थामा परीक्षा गार्ड शिक्षक जय दासलाई निष्काशन गरिएको विद्यालय निरिक्षक रामबहादुर हमालले बताउनुभयो । दासलाई अन्य परीक्षामा समेत गार्ड बस्न नपाईने गरि निष्काशन गरिएको छ ।

खानेपानीका कर्मचारीले ११ महिनादेखि तलब पाएनन् ।।

जनार्दन पोखरेल, रेडियो दर्पण गौरीवास महोत्तरी
महोत्तरीको किसाननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा कार्यरत चार
जना कर्मचारीले विगत ११ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । अध्यक्ष रामचरित्तर पंजियार नेतृत्वको उपभोक्ता समितिलाई तलब खुवाउनको लागि पटकपटक भन्दा पनि कुनै सुनुवाई नभएको कर्मचारीहरुको भनाई छ । समिति निस्क्रिय हुँदा उपभोक्ताहरुबाट झण्डै ५ लाख रुपैँया महशुल उठ्न समेत बाँकी रहेको कर्मचारी कुमार भट्टराईले जानकारी दिनुभयो ।

समिति निस्क्रिय हुँदा खानेपानी वितरणमा समेत समस्या भएको स्थानिय गोपाल कार्कीले बताउनुभयो । समितिले किसाननगरका ९ वटै वडामा खाने पानी वितरण गर्ने जिम्मेबारी लिएको भए पनि अहिले किसाननगरको १, २ र ३ नम्वर
Don't Miss
© all rights reserved
made with by netKUTI