काठमाडौं, फागुन १९ - हराएको चार महिनापछि नेपाल वायुसेवा निगमका ठूला जहाजका दुइटा पांग्रा भेटिएका छन्। भारत नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक वे नम्बर ३१ मा पांग्रा फेला परेका हुन्।
अन्तर्राष्ट्रिय उडान गर्ने निगमको बोइङ ७५७-९एन एसिबी जहाजभित्र रहेका जगेडा दुईवटा टायर गत कात्तिक तेस्रो साता हराएका थिए। निगम इतिहासमै जहाजभित्रैबाट टायर हराएको यो पहिलो घटना थियो।'दुइटै पांग्रा बिहीबार एयर इन्डियाको जहाजबाट काठमाडौं ल्यायौं,' निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीले बिहीबार भने, 'पांग्रा हराएदेखि नै व्यापक खोजी गरेका थियौं।'उनका अनुसार गत मंगलबार एयर इन्डियाका अधिकारीहरूले पांग्रा फेला परेको सूचना दिएका थिए। त्यसपछि निगमको दिल्लीस्थित विमानस्थल म्यानेजरबाट यहाँ जानकारी आएको थियो। जहाजको अगाडि (नोज) र पछाडि (मेन) पांग्रा हराएका थिए। यही विषयमा छानविन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत मंसिर १८ मा महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटीको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको थियो। समितिले कारबाहीको सिफारिस गर्दै माघ १० मा पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले जहाजका पांग्रा चोरी भएको विषयमा निगमका तत्कालीन इन्जिनियरिङ विभाग प्रमुख बद्रीनारायण झा, इन्जिनियरहरू अञ्जनदत्त कोइराला, शंकरराज कारञ्जित, राजेशप्रसाद श्रेष्ठ र प्रज्ज्वल श्रेष्ठ तथा प्राधिकरणका अधिकृत रुद्रजंग बस्नेतलाई कारबाही सिफारिस गरेको थियो। तीमध्ये कारञ्जित र श्रेष्ठद्वयलाई सामान्य दोषमात्र देखाएकाले निलम्बनबाट जोगिएका थिए भने झा र कोइरालालाई निगम सञ्चालक समितिको सिफारिसपछि व्यवस्थापनले निलम्बन गरेको थियो।जहाजभित्रैबाट साढे ४ करोड रुपैयाँबराबरको पार्टपुर्जा चोरी भएको आठ महिनापछि निगमको अर्को ठूलो जहाजबाट दुईवटा पाङ्ग्रा हराएका थिए। दुईवटा टायरको बजार मूल्य करिब ७ हजार अमेरिकी डलर पर्छ।