Responsive Ad Slot

latest

सहमति जुटाउन कार्यब्यवस्था परामर्श समितिको वैठक वस्दै I

Wednesday, March 14

/ by Admin BHOLA THAPA
काठमाडौं, १ चैत्र ।
दलहरुले संविधानका विवादित विषयमा सहमति जुटाउन दुई हप्ताको समय माग गरेपछि म्याद थप गर्नेवारे निर्णय गर्न कार्यब्यवस्था परामर्श समितिको वैठक वस्दैछ । विहान साढे ११ वजेपछि सिंहदरवारमा वस्ने वैठकमा विवाद समाधानको लागी दलहरुलाई कति समय दिने भन्ने निर्णय हुने वताईएको छ । यसअघि थप गरीएको १० दिनको समयमा पनि सहमति जुट्न नसकेपछि दलहरुले विवादित विषयमा सहमति खोज्न थप १५ दिनको समय माग गरेका थिए ।

हिजो वसेको संवैधानिक समितिको वैठकले सहमतिमै विवादित विषयलाई टुङो लगाउनुपर्ने निष्कर्ष निकाल्दै कार्यब्यवस्था परामर्श समितिसँग थप १५ दिनको म्याद माग गर्ने निर्णय गरेको थियो । दलहरुको आ आफ्नै अडानका कारण लामो समयदेखि दलहरुविच संविधानका कुनै पनि विवादित विषयमा सहमति हुन सकेको छ । सहमतिको लागी भन्दै पटक पटक थप गरीएका समयमा पनि दलहरुविच सहमति नहुदा तोकिएको समयमा संविधान वन्दैनकी भन्ने आशंका वढ्न थालको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI