Responsive Ad Slot

latest

दोहाको तारे होटलमा चलो लोक दोहोरी घम्साघाम्सी I

Monday, March 12

/ by Admin BHOLA THAPA
भोला थापा क्षेत्री,
दोहा कतार १२ मार्च । संम्सार थकाली भान्छ घर को प्रश्तुती तथा हरि पुन र आदित्य राजको आयोजनामा मार्च ९ का दिन दोहा गल्फ होराईजन होटलमा लाइभ पन्चैबाजाको साथमा दोहोरी घम्साघाम्सी सम्पन्न भएको छ ।
नेपाल बाट आएका लोकदोहोरी गायक गणेश गुरुङ ,गायिका ज्वति लोहोनी र देवीका के.सीको साथमा स्थानिय कलाकार प्रवासी नेपाली सांगितिक परिवार,कतारका दिपक परियार विचको दोहोरी घम्साघम्सीमा कतारमा रहेका नेपालीहरुले झुमेका थिए ।
गायक गणेश गुरुले ‘वरपिपलको छाया“ हिउ पग्लेर पानि भो मन पग्लेर माया“...’, र कौडा गीत प्रस्तुत गरे । त्यस्तै देविका के.सीले ‘लालु पाते फूल छैन रुख मात्रै बेसारेको मन छैन मुख...’ मात्रै बोलको गीत प्रस्तुत गरिन भने ज्योती लोहोनिले‘ मैनै छुदो रहेछ १६ पुगी १७ लाग्दा यस्तै हुदँ“े रहेछ...’ बोलको गितले सबैलाई नचाउन सफल भए ।

स्थानिय कलाकारहरु फेवा सांस्कृतिक परिवारकी 
नृत्य¨ना समिक्ष श्रेष्ठ र रिता आले मगरले‘हिमाल जस्तो जोवन बोलको गीतमा युगल नृत्य, प्रवासी नेपाली सांगितिक परिवार,कतारका रामु बि.कले हावा चल्यो सरर डाडैको वर,मायालुको रुमालै फरर...’ र प्रवासी नेपाली सांगितिक परिवार,कतारका दिपक परियारले ‘साननीको भट्टी पसल...’, बोलको लोकदोहारी गीत , गैर आवासिय नेपाली तारा २ कतारका दिनेश लिम्वुले‘ पुरानो ढु¨ा पानीको छाल...’बोलको गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा लाईभ पन्चैबाजको साथमा ‘क्यापस पढन जाने...’ ‘माया जाल बुन्छु...’ लगायत दर्शकको (रोजाई)फर्माइस अनुसार देविका, गणेश ज्योती र दिपक विचको दोहोरी घम्साघम्सीमा दर्शकहरु निकै झुमेका थिए ।



संसरा थकालि भँन्छा घरको आयोजना भएको दोहोरी सांझमा दर्शकहरुले रुचाएको कारण प्रत्येक विहिबार गर्न लागेको संम्साराका संचालक हरि पुनले बताए । कतारमा रहेका लोकदोहारी पारखीहरुले दोहोरीको मज्जा अब हेरेक प्रत्येक विहिवार सांझ लिन पाउने भएका छन ।
कार्यक्रम संचालक विमल तमुले गरेको उक्त कार्यक्रमा दोहाका ब्यावसायी, समाजसेवीहरुको बाक्लो उपस्थित थियो।

तस्विर: राजेश्वर ढकाल/ भोला थापा
Don't Miss
© all rights reserved
made with by netKUTI